OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ७, २०७८काठमाडौं
६६९ पटक

जेठ ७ जेठ २०७८ शुक्रबार

नेपालको संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु १४९ सांसदहरुको हस्ताक्षरसहित दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् ।

विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । उच्च स्रोतका अनुसार सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस संसदीय दलको कार्यालयमा सो संख्यामा हस्ताक्षर जुटाइएको छ ।

काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधवकुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदसमेतको हस्ताक्षर रहेको छ ।

 

प्रतिकृया दिनुहोस्