OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ५, २०७८जुम्ला,
६२५ पटक

खलंगा जेठ ५ गते । जिल्ला स्थित गैरसकारी संस्थाहरुलाई अवको सहयोग आवश्कतामा आधारित ठोस क्षेत्रमा गर्न निर्देशन गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैठकले कोरोना महामारीले यतिवेला संकट निम्त्याउन थालेकाले आवश्यकताका साधनहरु अक्सिजन सिलिण्डर, एन्टिजन पिसिआर किट र आईसोलेशनमा समेत सहयोग गर्न निर्देशन सहित अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा बुधवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैठकमा अव गैर सरकारी सस्थाले अहिलेको संकट अक्सिजन सहितका सवाल भएकाले पहल गर्न अनुरोध गरेको हो । वैठकमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अव कोरोना भाईरस निकै धेरै फलिएका कारण सहयोगी गैरसरकारी महासंघ सहितका अग्रभागमा काम गर्ने संस्थाहरुलाई सहयोगको दायर ठोस रुपमा बढाउन अनुरोध गर्नुभयो । जिल्ला समन्वय प्रमुख लालबहादुर सार्कीले अव मास्क सेनिटाईजरमा मात्रै नभई सकिन्छ भने अक्सिजनमा सहयोग गर्नुपर्ने बताउनुभयो । वैठकमा गैससलाई आवश्यक सहयोगका लागि अनुरोध गर्ने निर्णय समेत गरिएको छ । उपप्रमुख कार्मा बुढाले संकटको घडिमा समग्र जिल्लालाई एक कार्यक्षेत्र मानेर काम गर्नुपर्ने बताउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निमित्त निर्देशक डाक्टर राजिव शाहले अव अक्सिजन र अक्सिजन किट सहितका स्वास्थ्य सामग्री आवश्यक भएकाले गैससले सहयोग गर्न अनुरोध गर्नुभयो । संविधानसभा सदस्य लतितजंग शाहीले अन्य कार्यक्रम भएपनि बदलेर कोरोना चेन ब्रेक तथा रोकथामका लागि सहयोगमा जुटन गैससलाई निर्देशन गर्नुभयो ।

गैरसरकारी संस्थाहरुले निर्णयको प्रस्ताव सम्वन्धीत निकायहरुमा पठाउने बताएका छन् । गैसस महासंघ जुम्लाका उपाध्यक्ष रेशम शाहीले वैठकको निर्णयलाई सवैले छलफल र माथिल्लो निकायमा पठाएर निर्णय गर्ने बताएका छन् । वैठकले अक्सिजन सिलण्डिर, पिसिआर किट, अक्सिमिटर, पिपिई, फेस सिल्ड सहित खाद्यन्न र रेमडिसिभ समेत सहयोग गर्न माग गर्ने निर्णय गरेको छ । पेश नेपालका कार्यकारी अध्यक्ष किश्वर न्यौपानले आवश्यकतामा आधारित सहयोग गर्न सकिनेमा जोड दिनुभयो । विश्व खाद्य कार्यक्रम डब्लु एफपिका कृष्ण शाहीले ढुवानीमा सहयोग गर्ने बताउनुभयो ।

यसैगरी चन्दननाथ नगरपालिकामा आईसुलेशन बनाउने बिषयमा व्यापक छलफल भएको छ । नगरपालिकाले आईसुलेशन वनाउने बिषयमा आर्थिक समस्या भईरहेको भन्दै आएको समयमा भने जुम्ला सदरमुकाममा अनिवार्य आवश्यकता रहेको र निर्माण गर्ने बिषयमा जोड दिईएको हो । जुम्ला सदरमुकाम तथा चन्दननाथ नगरपालिकामा आईसुलेशन निर्माण गर्न आवश्यक बजेट कर्णाली सरकारलाई माग गर्ने निर्णय समेत गरिएको छ ।
शवस्थान तोकियो :
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जिल्ला वाहिरका विरामी समेत उपचारका लागि आउने भएकाले यद्यपी मृत्यू भईहालेमा शव व्यवस्थापन गर्ने स्थानको टुंगो लागेको छ । जिल्लाको चन्दननाथ नगरपालिकाको दानसाँघुमा तत्कालका लागि शव व्यवस्थापन स्थान टुंगो लगाईएको स्थानीय प्रशासनले जानकारी दिएको छ । नेपाली सेनाले कालिकोटका एक जनाको दाहासस्कार गरिएको बताउदै अन्य व्यक्तिहरुको मृत्यू भईहालेमा कहाँ के गर्ने भन्दै नेपाली सेनाले वैठकमा लिखित प्रस्ताव गरेको थियो । नन्दाबक्स गणका गणपति दिवाकर रायमाझीले विरामी वाहिरबाट आउने समेत भएकाले पूर्व व्यवस्थापन गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्