OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ४, २०७८सुर्खेत
४५९ पटक

४ जेठ २०७८, मंगलबार

कणली राजमार्गको दैलेख सडक खण्डअन्तरगत दुल्लु नगरपालिका ३ स्थित स्याला भन्ने ठाउँमा जीप दुर्घटना हुँदा जुम्लाका दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गोठिचौर गाउँपालिका ४ का जुम्ला ३८ वर्षीय जीप चालक रामहरि न्यौपाने र सोही गाउँपालिका वडा २ का २७ वर्षीय महिला राज्यलक्ष्मी न्यौपानेको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अनुप श्रेष्ठले जानकारी दिनुभयो । दुईजना मात्र सवार रहेको उक्त जीप सडक भन्दा ५०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

जुम्लाबाट सुर्खेततर्फ जादै गरेको बा २० च ७१५ नम्बरको जीप आज बिहान ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । यो निषेधाज्ञाको समयमा जीप कुन प्रक्रियामा सुर्खेततर्फ झरेको भन्ने बारे जिल्ला प्रशासन कार्यालय जुम्ला बुझ्ने भन्दै प्रहरीले उक्त घटना कसरी भयो भन्नेबारे अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्