OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३, २०७८सुर्खेत
१३३४ पटक

 ३ जेठ २०७८, सोमबार

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले दुर्गम क्षेत्र विकास नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

सपथ ग्रहणपश्चात् पदवहाली गर्दै मन्त्री शर्माले दुर्गम जिल्लाको विकासलाई प्राथमिकतामा राखेर फाईल सदर गर्नुभयो । दुर्गमको विकासविना समग्र प्रदेशको विकास नहुने भएकोले हिमाली जिल्लाका आयोजनासँग सम्बन्धित दुई मोटरेबल पुल र एक सडक निर्माणको लागि तयार पारिएको फाइल सदर गर्दै उहाँले कार्यारम्भ गर्नुभयो ।

मन्त्री शर्माले मुगु जिल्लाको दोमुख मोटरेबल पुल निर्माणका लागि रु.एक करोड २७ लाख, झुक्ला मोटरेबल पुलका लागि रु.पाँच करोड ११ लाख र क्याटु–साल्दाङ–धो सडकका लागि रु.१० करोड ५५ लाख बजेट सुनिश्चितताको फाइल सदर गर्नुभएको हो । त्यसैगरी, उहाँले प्रदेश सरकारको काम कारवाहीमा आर्थिक अनुशासन कायम गरी बजेट कार्यान्वयनमा प्राथमिकता दिने बताउनुभएको छ ।

योजनामन्त्री शर्माले कर्णालीको विकासका लागि उपलव्ध स्रोत–साधनको सदुपयोग गर्दै समुचित ढंगबाट बजेट बाँडफाट गर्ने जनाउनुभयो । “यतिबेला कोरोना महामारी बढ्दै गएकाले अस्पताल निर्माण र त्यसका लागि आवश्यक सामग्री जुटाउन र जनशक्ति व्यवस्थापन मुख्य काम हो,” उहाँले भन्नुभयो, “तत्काल जनताको जीउज्यान जोगाउने कार्य मेरो पहिलो प्राथमिकता हो ।”

योजनामन्त्री शर्माले आगामी आव.०७८०७९ मा कर्णालीको सबै क्षेत्र, समुदाय र भूगोल समेट्ने, यहाँको आवश्यकता र विशिष्टतालाई ध्यान दिएर बजेट निर्माण गर्ने जनाउनुभयो । भौतिक पूर्वाधार निर्माण र मानवीय विकासलाई सँगसँगै लग्ने जनाउनुभएका उहाँले आगामी वर्षको बजेट कार्यान्वयन हुने गरी विनियोजन गर्ने र कार्यान्वयनमा विशेष जोड दिने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्