OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३, २०७८सुर्खेत
११५० पटक

३ जेठ २०७८, सोमबार

कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले आज शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण गर्ने मन्त्रीमा सुर्खेतबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य सीताकुमारी नेपाली र अर्का सदस्य रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा हुनुहुन्छ ।

दुवै मन्त्रीलाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ ग्रहण गराउनुभयो । नवनियुक्त आन्तरिक मामिला, कानुन, यूवा तथा खेलकुदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम आईतबार साँझ मन्त्री नियुक्त गरेको थियो ।

उहाँले नेपालको संविधान धारा १७२ बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको थियो । आन्तरिक मामिलामन्त्री नेपाली र आर्थिक मामिलामन्त्री शर्माले आज पदभार ग्रहण गर्नुभएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेसले मन्त्री टुंगो नलाएपछि सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफैले सम्हाल्दै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस्