बैशाख ३१, २०७८

६३९ पटक

३१ बैशाख २०७८, शुक्रबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि हटलाइन नम्बर सार्वजनिक गरेको छ । अक्सिजन आपूर्ति सहजीकरणका लागि मन्त्रालयले दुईवटा मोबाइल नम्बरलाई हटलाइन नम्बरका रुपमा सार्वजनिक गरेको हो ।
मन्त्रालयले अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणलाई ९८५१३१०५८१ र ९८५१३१०५८४ नम्बरको व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
आज स्वास्थ्य मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोरोना संक्रमितहरुको उपचार गराइरहेका अस्पतालहरुले फोन गरेमा सहज आपूर्तिका लागि मन्त्रालयले सहजीकरण गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।