OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ३०, २०७८काठमाडौं
७६५ पटक

३० बैशाख २०७८, बिहीबार

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ ।

पछिल्लो केही दिनयता कोरोना संक्रमितको मृत्यु अत्यधिक बढेको छ । मंगलबार एकै दिन २२५ जना र बुधबार १६८ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा आठ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या चार लाख ३१ हजार १९१ जना पुगेको छ ।

सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २०७ पुगेको छ । तीमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा र आठ हजार ८२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोेलेसनमा रहेकामध्ये एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ५५ रहेको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या तीन लाख २१ हजार ५१८ रहेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २७३३, रूपन्देहीमा ५११, ललितपुरमा ४८१, कैलालीमा ३७०, मोरङमा ३५८ र भक्तपुरमा ३४८‍ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै चितवनमा २९३, झापामा २५८, बाँकेमा २५२, कास्कीमा २३७, दाङमा २१७, धनुषामा २०४, कञ्चनपुरमा १८२, काभ्रेपलाञ्चोकमा १६०, सुर्खेतमा १५९, सल्यानमा १४३ र नवलपरासी पूर्वमा १२९ जना संक्रमित थपिएका छन् ।

यस्तै पर्सामा ९९, सप्तरी र गोरखामा ९२/९२ जना, बैतडीमा ८९, महोत्तरीमा ८५, धादिङमा ७८, सिन्धुपाल्चोक ७४, रामेछापमा ६७, रौतहटमा ६६, रोल्पामा ६३, पाल्पामा ६२ र कपिलवस्तुमा ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै अछाममा ४९, सिन्धुलीमा ४५, रूकुम पश्‍चिममा ४२, डडेल्धुरामा ३८, नवलपरासी पश्‍चिममा ३५, दैलेखमा ३४, नुवाकोट र तनहुँमा ३१/३१ जना, अर्घाखाँचीमा २६, प्युठान र कालिकोटमा २४/२४ तथा उदयपुर, सर्लाही र सिरहामा २३/२३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै स्याङ्जामा २२, बारामा २१, ताप्लेजुङमा १८, धनकुटामा १७, जुम्लामा १४, गुल्मी र डोटीमा १३/१३ जना, रसुवा र लमजुङमा ११/११ जना, भोजपुरमा १०, इलाम र बागलुङमा ८/८ जना, मकवानपुरमा ६, जाजरकोटमा ५, दार्चुलामा ४ तथा पर्वत र म्‍याग्दीमा ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै दोलखामा ७ र ओलखढुंगा, खोटाङ, पाँचथर,डोल्पा, हुम्ला र बझाङमा २र२ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै ९ वर्षमुनिका २०८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६२५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अनलाईन खबरबाट

प्रतिकृया दिनुहोस्