OnlinePana

आज : २०८३ साउन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २९, २०७८सुर्खेत
१००२ पटक

 २९ बैशाख २०७८, बुधबार

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशको चालु सातौं अधिवेशन अन्त्य गर्नुभएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभाको चालु सातौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सो अनुसार नेपालको संविधानको धारा १८३ को २ बमोजिम प्रदेश प्रमुख कलौनीले आज राति १२ः०० बजेदेखि सातौं अधिवेशन अन्त्य गर्नुभएको छ ।

बैठकले ‘प्रदेश सरकार कार्य विभाजन नियमावली, २०७४’ को अनुसूची १ र २ मा हेरफेर गर्ने, ‘प्रदेश सरकार कार्यसम्पादन दोस्रो संशोधन, २०७८’ स्वीकृत गर्ने र ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६’ लाई पहिलो संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्