OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २९, २०७८सुर्खेत
४६६ पटक

२९ बैशाख २०७८, बुधबार

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीको राजीनामा स्वीकृत गरेसँगै उहाँले तीनजना मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुमा सुर्खेत निर्वाचन २ बाट प्रदेशसभामा निर्वाचित विन्दमान विष्ट, सुर्खेतकै सीता नेपाली र रुकुमपश्चिम २ बाट निर्वाचित प्रदेशसभा सदस्य गोपाल शर्मा रहनुभएको छ । मुख्यमन्त्री शाहीले विष्टलाई आन्तरिक मामिला, कानुन, यूवा तथा खेलकुद, नेपालीलाई जलस्रोत तथा उर्जा विकास र शर्मालाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गर्नुभएको छ ।

बैशाख १५ गते उहाँले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्रालयमा अम्बरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा कुर्मराज शाहीलाई नियुक्त गर्नुभएको थियो । सामाजिक विकास मन्त्रालयसहित सम्हाल्नु भएको मुख्यमन्त्री शाहीसहित अब कर्णालीमा आठ मन्त्री हुनेछन् ।

नवनियुक्त मन्त्रीहरुलाई भोलि (बिहीबार) ११ः०० बजे पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रवविक्रम बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्