OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २७, २०७८काठमाडौं
८२६ पटक

२७ बैशाख २०७८, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको छ । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः आफ्नो पदबाट मुक्त भएका हुनुभएको हो । प्रधानमन्त्री ओलीले मागेको प्रस्तावको पक्षमा ९३ मत परेको छ जहाँ प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद रहेका छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् । नेपाल समुहमा २७ सांंसदहरु थिए । यद्यपि विश्वासको विपक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले मत दिएका छन् ।

जनता समाजवादी पाटीृध महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरुले भने पक्ष विपक्षमा मतदान नगरेर तटस्थ बसेका थिए ।

प्रतिकृया दिनुहोस्