OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीबैशाख २५, २०७८ सुर्खेत
३३७ पटक

 २५ बैशाख २०७८, शनिबार

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २४६ जना कोरोना संक्रमितहरुले कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

संक्रमण जितेर घर फर्कनेहरुमा सुर्खेतबाट ११०, दैलेखबाट ६७, सल्यानका २९, कालीकोटका १८, जाजरकोट र रुकुमपश्चिमबाट ११÷११ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो । योसँगै कर्णालीमा संक्रमण जितेर घर फर्कनको संख्या आठ हजार ४४ पुगेको उहाँले बताउनुभयो ।

“हालसम्म कर्णाली प्रदेशमा एकलाख दुई हजार ९९३ जनाको आरटी पीसीआर परीक्षण गर्दा १० हजार ६३३ जनामा संक्रमण देखियो,” निर्देशक डा.खड्काले भन्नुभयो, “१० हजार २०६ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ९८२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण तीव्ररुपमा बढिरहेको उहाँले जनाउनुभयो ।”

त्यसैगरी कोरोना संक्रमण आज वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका ६७ वर्षीय र छत्रेश्वरी गाउँपालिका २ सल्यानका ५० वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएसँगै कर्णालीमा मृत्यु हुनेको संख्या ८२ जना पुगेको छ । तीन हजार ८१८ जना संक्रमितहरु प्रदेशका विभिन्न आइसोलेशन केन्द्रमा व्यवस्थापन गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्