OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २४, २०७८सुर्खेत
६२० पटक

२४ बैशाख २०७८, शुक्रबार

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही संयोजकत्वको निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन र निर्देशन, समन्वय तथा एकीकृत व्यवस्थापनको कार्यलाई कर्णाली प्रदेशभर प्रभावकारी बनाउने उद्देश्यले मुख्यमन्त्री शाही संयोजकत्वको कोभिड रोग नियन्त्रण÷व्यवस्थापन निर्देशक समिति गठन गर्ने निर्णय मन्त्रिपरिाषद् बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले जानकारी दिनुभयो ।

मन्त्री केसीले समितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री, सामाजिक विकासमन्त्री, १० जिल्लामा रहेका सदरमुकामस्थित पालिकाका प्रमुख प्रमुख÷अध्यक्ष, प्रदेश संकट व्यवस्थापन केन्द्रको सदस्य सचिव, कर्णाली प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक, सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी सदस्य र सामाजिक विकास मन्त्रालयको सचिव सदस्य सचिव रहने बैठकले निर्णय गरेको बताउनुभयो ।

त्यसैगरी, कोरोना नियन्त्रण तथा व्यवस्थापनको कार्यलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा प्रभावकारी बनाउन निर्देशन, समन्वय तथा एकीकृत व्यवस्थापन गर्न सामाजिक विकास सचिव संयोजकत्वको छ सदस्यीय प्रदेश अस्पताल सुर्खेत कोभिड–१९ को नियन्त्रण÷व्यवस्थापन निर्देशक समिति गठन गरिएको छ ।

सो समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी, कानून मन्त्रालयका सचिव, प्रदेश संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख सदस्य र प्रदेश अस्पतालका निर्देशक सदस्य सचिव रहने प्रवक्ता केसीले जनाउनुभयो ।

उहाँका अनुसार बैठकले सामाजिक विकास मन्त्रालयलाई कोभिड–१९ को नियन्त्रण÷व्यवस्थापन कार्यक्रमका लागि कर्णाली प्रदेश मन्त्रिपरिषद्को पूर्ववत निर्णय अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले रु.१० करोडका दरले थप गर्दै उपलब्ध गराउने निर्णय गरेको छ ।

प्राविधिक जनशक्ति सेवा करारमा छनौट गर्ने कार्यविधि,२०७६ (संशोधन) को दफा २१ को उपदफा (१) मा व्यवस्था भए अनुसार बाधा अड्काउ फुकाइ छनौट प्रकियामा रहेको पाचौँ तहका स्वास्थ्यकर्मीहरुको छनौटका लागि अन्तरवार्ता बाहेकको योग्यता क्रमका आधारमा तयार गरिएको संक्षिप्त सूचीबाट विज्ञापन गरिएको संख्या भन्दा नबढ्ने गरी करारमा कर्मचारी नियुक्ति गर्न सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्