OnlinePana

आज : २०७९ चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २३, २०७८सुर्खेत
१७२ पटक

२३ बैशाख २०७८, बिहीबार

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोभिड–१९ को रोकथाम तथा प्रतिकार्यको लागि भइरहेका प्रयासबारे बुझ्न यहाँका प्रमुख जिल्ला अधिकारीहरुसँग टेलिफोन वार्ता गर्नुभएको छ ।

कर्णाली प्रदेशका दशवटै जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुलाई आज टेलिफोन गरी कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि भइरहेका गतिविधिबारे चासो व्यक्त गर्नुभएको हो ।
उहाँले संक्रमण फैलिन नदिनको लागि भइरहेको निषेधाज्ञा र त्यसको पालनाको अवस्था, क्वारेन्टिन, आइसोलेसन र कोभिड विशेष अस्पताल, कोभिड १९ चेकजाँचको उपलव्धता, संक्रमित भइहालेमा संक्रमितलाई गरिने उपचार र अस्पतालहरुमा अक्सिजनको अवस्थालगायतबारे कुराकानी गर्नुभएको छ ।

उहाँले विश्वभर महामारीको रुप लिएको कोरोनाको प्रतिकार्यमा हालसम्म भइरहेका क्रियाकलाप र प्रमुख जिल्ला अधिकारीहरुले देखाएको क्रियाशिलताको प्रशंसा गर्दै संक्रमणबाट आफू पनि जोगिन सचेत गराउनुभयो ।

नागरिकको स्वास्थ्यभन्दा ठूलो कुरा अरु नहुने भएकाले संक्रमण फैलने नदिन र फैलिहालेमा नियन्त्रण तथा उपचारको व्यवस्थापनमा दृढतापूर्वक लाग्न सबै प्रजिअहरुलाई उहाँले निर्देशनसमेत दिनुभएको छ । कोभिड–१९ को संक्रमण फैलिन नदिन हाल कर्णाली प्रदेशका १० वटै जिल्लाभर जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेका छन् ।

प्रतिकृया दिनुहोस्