OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २२, २०७८
१२५९ पटक

 २२ बैशाख २०७७, बुधबार 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) को तीव्र संक्रमण बढेका कारण सुर्खेतमा जारी गरिएको निषेधाज्ञा उलङ्घन गर्ने सात जनलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई सुरक्षाकर्मीहरुको प्रभावकारी परिचालन, अनुगमन तथा निषेधाज्ञा कार्यान्वयनको क्रममा आज वीरेन्द्रनगर नगरपालिका.६ सुर्खेत बसपार्कस्थित अनिल बि.सी.ले सञ्चालन गरेको स्नोकर हाउसबाट लिईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिईएकाहरुमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ निवासी २८ वर्षीय घनश्याम केसी, वडा नं. १० बस्ने २२ वर्षीय आकाश देवकोट, २७ वर्षीय वीरेन्द्र शाही, २६ वर्षीय राज घर्ती मगर, ३० वर्षीय विनय बुढा, २८ वर्षीय आकाश प्याकुरेल र ३० वर्षीय कबिर खान रहेको प्रनाउ घर्तीले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका सबैलाई संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम कारवाही प्रक्रिया अगाडि बढाईएको छ ।

प्रतिकृया दिनुहोस्