OnlinePana

आज : २०८३ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २२, २०७८सुर्खेत
६५२ पटक

 २२ बैशाख २०७७, बुधबार

पछिल्लो २४ घण्टामा नेपालमा थप आठ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको छ । आरटी पीसीआर विधिबाट आठ हजार ६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० हजार ७५६ जनाको पीसीआर परीक्षण र ६१६ जनाको एन्टिजेन परीक्षण गरेको थियो । आज थपिएको संक्रमितसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । कोरोना संक्रमणका कारण आज देशभर ५८ जनाले ज्यान गुमाएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्