OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २२, २०७८सुर्खेत
७२७ पटक

२२ बैशाख २०७७, बुधबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैधरुपमा भित्र्याउँदै गरेको रु.११ लाखको अखाद्यवस्तु सुर्ती मंगलबार वीरेन्द्रनगरमा बरामद गरेको छ ।

नयाँ भेरियन्टसहितको विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिट १९ को संक्रमण रोग नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक वस्तुबाहेक अन्य कुनैपनि वस्तु ढुवानी गर्न निषेध गरिएको अवधिमा भित्र्याईएको अवैध तथा अखाद्यवस्तु सुर्खेत प्रहरीले सुब्बाकुनामा बरामद गरेको हो । ना.४.ख ७६५३ नम्बरको माल बाहक ट्रकमा खाद्य तथा खुद्रा मालसामानहरु भित्र राजश्व छली गरी ल्याएको अवस्थामा मंगलबार अपरान्ह गोल्डेन ब्राण्डको ९४ बोरा सुर्ती बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

“अवैधरुपमा अखाद्य सुर्तीजन्य पदार्थ लुकाई छिपाई राखी सुर्खेत भित्रिदै गरेको भन्ने गोप्य सुचनाको आधारमा सो ट्रकको निगरानी गर्यौं,” उहाँले भन्नुभयो, “दिउसो सुर्खेत भित्रिने वीरेन्द्रनगर नगरपालिका ११ सुब्बाकुना प्रहरी चेक पोष्टस्थित गाडी चालकसहित ट्रकलाई नियन्त्रणमा लिईयो ।” ट्रकभित्र रहेका सम्पूर्ण मालसामानहरु अनलोड गरी रीतपूर्वक खोज तलासी गर्दा खाद्यवस्तु दाल, चामल, निर्माण सामाग्री पाईप, गाडीको टायरको बीच भागमा ९४ बोरा गोल्डन काली सुर्ती भेटिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

बोराहरु खोलेर हेर्दा त्यसभित्र चार हजार ७०० पोका गोल्डेन काली नामक सुर्ती रहेकोमा २८ पोकामा अन्त शुल्क स्टिकर टाँसिएको र २२ पोका अन्त शुल्क स्टिकर नभएको भेटिएपछि प्रहरीले कर छली गरेको आशंका गरेर चालकलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका बाँसगढी नगरपालिका ६ बदियाका २४ वर्षीय चालक भक्तबहादुर गुरुङको साथमा रहेको बिल हेर्दा दुई हजार ६०० पोकाको मात्र बिल भेटिएको उहाँले बताउनुभयो ।

उक्त ट्रकमा लुकाईछिपाई दुई हजार १०० अर्थात् रु.११ लाखको गोल्डेन काली सुर्ती अवैध देखिन आएकोले गैर कानुनीरुपमा राजश्व छली गरी अखाद्यवस्तु सुर्ती ओसारपसारमा प्रयोग भएको ट्रकसहित चालक गुरुङलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय सुर्खेतमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्