OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २१, २०७८
५१५ पटक

 २१ बैशाख २०७८, मंगलबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको आदेश जारी गरेको छ । प्रशासनले यसअघि वैशाख १४–२१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमण बढ्दै गएकोले त्यसको रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका निम्ति जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।

“कोरोनाको संक्रमण दर भयावह बन्ने अवस्था बन्दै जाँदा त्यसलाई ध्यानमा राखेर निषेधाज्ञाको समय एक हप्ता थपेका हौं,” उहाँले भन्नुभयो, “कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र निषेधाज्ञामा घरमै बसेर कोरोना संक्रमण हुनबाट जोगिन सबैलाई आग्रह गरेका छौं ।” अनुगमनलाई कडाईका साथ लगिने भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले निषेधाज्ञा उलङ्घन गर्नेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले लकडाउन उलङ्घन गरे सो व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम एक महिना कैद वा रु.१०० जरिवाना दुवै सजाय हुने तथा आदेशको कार्यान्वयनमा बाधा पुर्याउने व्यक्तिलाई छ महिनासम्म कैद वा रु.६०० जरिवाना दुवै सजाय हुने सूचना गरेको छ । शुरबहादुर सिंह

 

प्रतिकृया दिनुहोस्