OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३२, २०७६सुर्खेत
५२१ पटक

सुर्खेत, ३२ साउन ः जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी चेकजाँच गर्ने प्रहरीलाई घुस दिने युवकलाई आज पक्राउ गरेको छ ।
सवारी चेकजाँच गर्न ड्यूटीमा खटिएका प्रहरी सहायक निरीक्षक कमलबहादुर विकलाई घुस दिन खोज्ने बीरेन्द्रनगर नगरपालिका २ सुर्खेत भूरेलीगाउँ निवासी १८ वर्षीय युवक जीवन रोकायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रवक्त क्षेत्रीका अनुसार बीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत कुमाई चोकस्थित भे९प ३७४ नम्बरको स्कुटी चालक रोकायसँग सवारी चालक अनुमति पत्र मागिएको थियो ।
युवक रोकायले सवारी चालक अनुमति पत्र नभएको कारण देखाउँदै प्रहरी सहायक निरीक्षक विकलाई आज अपरान्ह ५ः०० बजे रु.पाँच सय घुस दिएका थिए । सोही घुस दिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको र अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्