OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २१, २०७८सुर्खेत
४१७ पटक

 २१ बैशाख २०७८, मंगलबार

हाकाहाकी रुपमै बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वास मत दिएपछि नेकपा एमालेको साधारण सदस्यसमेत नरहेका नेता प्रकाश ज्वालाले ‘फ्लोर क्रस’ गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति चिर्न गरिएको भएको बताउनुभएको छ । नेता ज्वालासहित एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यत्रय अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले मुख्यमन्त्री शाहीलाई विश्वासका मत दिनुभएको थियो ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत हुनुभएका नेता ज्वालाले दुई सातापछि एक अपिल जारी गर्दै पार्टीको निर्णय र विधि अनुसार मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको प्रष्ट्याउनुभएको छ । नेता ज्वालाले दावी गर्दै भन्नुभएको छ, “पार्टी केन्द्रको निर्णय अनुसार बनेको सरकारका पक्षमा हामीले विश्वासको मत दिएका हौं । यो कुनै फ्लोर क्रस होइन । पार्टी निर्णयको कार्यान्वयन हो । व्यक्तिगत विषय पनि होइन, राजनीतिक निर्णय हो ।”

नेकपा एमाले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्य भई पार्टी एकीकरण पछि कर्णाली प्रदेशको सहईन्चार्जको जिम्मेवारी दिईएको व्यक्तिलाई जानकारी नै नदिई एकलौटी रुपमा प्रदेश ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष, सचिव मनोनित गरी आफूसहित केही नेतालाई जिम्मेवारविहिन बनाएको उल्लेख गर्दै उहाँले पार्टीका नाममा गरिएका प्रदेश तथा जिल्ला बैठक, भेलालगायतका कार्यक्रमहरुमा आफूहरुलाई पूर्णरुपले निषेध गरी गुटगत अत्याचारले सिमा नाघ्दा पनि शीर्ष नेतृत्वले सुनुवाई नगरेको आरोप लगाउनुभएको छ ।

“पार्टी केन्द्रको निर्णय अनुसार बनेको प्रदेश सरकार गठनदेखि नै असहयोग र विरोध गरेर काम गर्न नदिने र सरकारलाई हटाउन हस्ताक्षर अभियादेखि, नीति, बजेट तथा कार्यक्रम पास हुन नदिन पटक पटक असफल प्रयास गरियो । पार्टी निर्णय विपरित यस्ता अराजक क्रियाकलाप गर्नेमाथि कहिल्यै स्पष्टीकरणसमेत सोधिएन । जसका कारण पार्टीको निर्णय र विधि विपरित निर्णय मान्न तयार भएनौं,” उल्लेखित अपिलमा भनिएको छ ।

उहाँले खुलस्त गर्दै उल्लेख गर्नुभएको छ, “शुरुमा केही व्यक्तिको सत्ताभोक र कुण्ठाले सरकारलाई दिईएको समर्थन फिर्ता लिईयो । पछि पार्टीलाई एकतावद्ध बनाउने असल नियतका साथ तीनै जना मन्त्रीले मन्त्री पदबाट राजीनामा दियौं । पार्टीलाई एक बनाउन हदैसम्मको प्रयास भयो तर केही व्यक्तिका दम्भले पार्टी एकतावद्ध हुन सकेन ।”

आफूलाई कारवाही गरिएको भन्दै प्रचार गरिएकोप्रति आपत्ति प्रकट गर्दै नेता ज्वालाले अपिलमा भन्नुभएको छ, “जतिबेला विद्यार्थी कालमा कम्युनिष्ट पार्टीको झण्डा बोकें, त्यतिबेला पञ्चायतले झुटा मुद्दा लगाएर जेल हाल्यो । बहुदल कालमा काँग्रेसले सांघातिक आक्रमणको कारवाही ग¥यो तर पनि हातबाट एमालेको झण्डा र मनबाट माक्र्सवाद÷लेनिनवादको बिचार झुकेन । माओवादी जनयुद्धकालमा दर्जनौं कारवाहीका निर्णयहरु सुनाइए तथापि सिंगो एमाले बचाउन र वैचारिक संघर्ष गर्न छोडिएन ।”

यतिबेला वास्तविकता छानबीन नगरी एकपक्षीय र पूर्वाग्रही तरिकाले गरिएका कारवाहीले आफ्नो राजनीतिक यात्रा र सामाजिक अभियानमा कुनै फरक नपर्ने यद्यपि कुनै पदमा रहे वा नरहेपनि जस्तोसुकै चुनौतिका बीचमा देश र जनताको पक्षमा निष्ठाको राजनीति गरिरहने विश्वास दिलाउँदै उहाँले अन्याय सहन र आत्मसमर्पर्ण गर्न कम्युनिष्ट पार्टी नरोजिएको जिकिर गर्नुका साथै एकपक्षीय कारवाहीको ढंका पिट्नेहरु कम्युनिष्ट आन्दोलन र संकटपूर्ण अवस्थामा एमालेको संगठन निर्माण गर्दा कहाँ थिए ? भनेर प्रश्न गर्नुभएको छ ।

केही अराजक व्यक्तिहरुबाट आफूलाई आर्थिक प्रलोभन जस्ता भ्रामक आरोप लगाउन दुष्प्रयास भएका भएको उल्लेख गर्दै उहाँले ती व्यक्तिहरुलाई कतैबाट आर्थिक लाभ लिएको प्रमाणित गर्न चुनौति दिनुभएको छ । उहाँले भन्नुभएको छ, “मेरो जीवनभरिको मेरो पार्टीप्रतिको निष्ठालाई भ्रमित गर्ने कोशिस गरिएको छ । यी मेरा विरुद्धमा फैलाइएका प्रचारहरुमा कुनै सत्यता छैन ।”

मूलतः पटक पटक जिताएर काम गर्ने अवसर दिने सल्यानी जनता (मतदाता) र आर्थिक मामिला तथा योजनामन्त्री हुँदा बखत सहयोग पुर्याउने सम्पूर्ण कर्णालीवासी न्यायप्रेमी समुदायप्रति नेता ज्वालाले जारी अपिलमार्फत हार्दिक धन्यावद ज्ञापन गर्नुभएको छ ।   

प्रतिकृया दिनुहोस्