OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १७, २०७६दाना शाही
५६७ पटक

सुर्खेत, १७ साउन ः जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसि क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ ।
बुधबार मध्यान्ह १२ः३० बजे बीरेन्द्रनगर नगरपालिका ६ मगलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडक खण्डमा एक वृद्ध महिलालाई ठक्कर दिएर फरार भएका युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुँरास गाउँपालिका १ दैलख स्थायी घर भई हाल बीरेन्दनगर नगरपालिका. ५ चिसापानी सुर्खेत निवासी २४ वर्षीय गगन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
प्रवक्ता क्षेत्रीका अनुसार भे८प ८१६० नम्बर प्लेटको मोटरसाईकलमा सवार चालक गुरुङले तीनकुने चोकबाट मंगलगढीतर्फ आउदै गर्दा बीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतका ६५ वर्षीय वृद्ध काली नेपालीलाई ठक्कर दिई गम्भीर घाईते बनाई फरार भएका थिए । घाईते नेपालीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बुधबार बेलुका मृत्यु भएको थियो ।
घटना लगत्तै प्रहरीले खोजतलास कार्यलाई तीव्र बनाएको थियो । प्रहरीले फरार युवकको मोटरसाईकलको नम्बर नखुल्दा १५० सिसिको निलो कलरको पल्सर मोटरसाईकल सिसि क्यामेरामा हेरेर पत्ता लगाएको थियो । त्यहीका आधारमा फरार मोटरसाईकल चालक गुरुङ र उनको पछि बसेका बीरेन्द्रनगरपालिका ५ चिसापानी सुर्खेतका २२ वर्षीय मनबहादुर धामीलाई आज नियन्त्रणमा लिई कारवाहीका लागि आवश्यक अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जनाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्