OnlinePana

आज : २०८१ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १०, २०७६दाना शाही
७५९ पटक

सुर्खेत, १० साउन ः कर्णाली राजमार्गको तिला गाउँपालिका ४ जुम्ला कुडारी बजारस्थित बसले किच्दा एक महिलाको घटनास्थलमै ज्यान गएको छ ।
जुम्ला बजारदेखि कालिकोट नाग्मतर्फ जाँदै गरेको क।१ ख।७ नम्बरको बसले किच्दा तिला गाउँपालिका ३ कुडारी सार्कीवाडाका ५५ वर्षीय उति नेपाली सार्कीको मृत्यु भएको हो । आज अपरान्ह ४ः३० बजेको समयमा बसबाट झरेकी उनलाई बसको पछिल्लो टायरले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नविन ओलीले जानकारी दिनुभयो ।
महिलाको मृत्युपश्चात् घटनास्थल कुडारी बजार ३ घण्टासम्म निकै तनावित भयो र आक्रोशमा आएका स्थानीयले सडक टायर बालेर नाराबाजी गरेका थिए । उनीहरुले प्रहरीले दोषी चालक र गाडी साहुलाई समात्न नसकेको भन्दै आक्रोश पोखेका थिए । प्रहरी निरीक्षक ओलीका अनुसार तनावित घटनास्थल अहिले सामान्य अवस्थामा आएको छ । “पीडित पक्षसँग बसेर वार्ता गर्दैछौं,” प्रहरी निरीक्षक ओलीले भन्नुभयो, “यसको टुंगो लाग्ने बित्तिकै हामी मृतक नेपाली सार्कीको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा लग्छौं ।”
दुर्घटनाका प्रत्यक्षदर्शी निराजन गौतमका अनुसार मृतक उति श्रीमान हर्क नेपाली सार्कीलाई जुम्ला बजारबाट उपचार गरेर घर फर्कदै थिईन् । उनको मृत्युले हर्क नेपाली होसमा छैनन् । मृतकका आफन्त वृष नेपालीले सम्बन्धित निकायले फरार चालकलाई नियन्त्रण लिएर कारवाही नगरे र उचित क्षेतिपूर्ति सम्बोधन नगरेसम्म लास नबुझ्ने अडान राखेका छन् । चालक भिमराज महत र गाडी साहु दुवै अहिले फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्