सुर्खेत, ६ साउन ः कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर सुर्खेतमा अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशालामा शिलबन्दी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा गएको संयुक्त टोलीले आईतबार पाँच प्रयोगशालामा शिलबन्दी गरेको थियो । गत असार १९ र २० गते केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झा नेतृत्वको टोलीले सुर्खेतमा सञ्चालित प्रयोगशालाहरुको अनुगमनगरी अवैध भनि किटान गरेर दिएको प्रतिवेदनका साथै प्राप्त पत्रानुसार अवैधरुपमा सञ्चालित प्रयोगशाला शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिनुभयो ।
प्रशाकीय अधिकृत शर्माका अनुसार बीरेन्द्रनगरस्थित राना पोलिक्लिनिक तथा डाइगोनोष्टिक, बोहरा पोलिक्लिनिक, कर्णाली मेडिकलहल तथा प्याथोलोजी, शिवविहार मेडिकलहल र रम्बादेवी स्वास्थ्य क्लिनिक तथा निरु फार्मेसीमा शिलबन्दी गरिएको हो । प्रयोगशाला सञ्चालनका लागि आधारभूत मापदण्ड पुरा नगरी सञ्चालन भएका प्रयोगशाला शिलबन्दी पश्चात् बाँकी कारवाही प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेशभक्त गौतमले क्लिनिक तथा फार्मेसीमा पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नपढेकाले पनि औषधि बिक्रीवितरण गरेको, ल्याव सञ्चालनका लागि आवश्यक पूर्वाधार नै तयारनगरी रगत, पिसाव, दिसा, खकार जाँच गर्ने गरेको, प्रयोगशाला नजिकै फोहोर रहेको जस्ता कमजोरी देखिएकाले शिलबन्दी गरिएको र सञ्चालकहरुसँग स्पष्टीकरण मागिएको जानकारी दिनुभयो ।
कोरपाटी संवाददातासाउन ६, २०७६सुर्खेत
५९२ पटक
- कार्तिक २९ गतेको खबरदारी सभाका लागि ६० वटा वडामा माओवादीले खटायो कमाण्डर
- कर्णाली प्रतिष्ठानको दिक्षान्त समारोह तयारी पुरा : प्रधानमन्त्रीले उदघाटन गर्ने
- जुम्ला तातोपानीको गोप्थाडा गाउँ : जहाँ छैन एसईई पास जनशक्ति
- जुम्लामा माओवादीको वडा, वडामा वेथिति र भ्रष्ट्रचार विरुद्ध खबरदारी सभा सम्पन्न
- जुम्ला प्रहरीको पत्रकार भेटघाट : पछिल्ला घटना सार्वजनिक
- सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्ति झुट र द्धन्द्ध फैलाउने हो : माओवादी केन्द्र जुम्ला
- तिलाको देउति यूवा क्लव पेनाल्टी सुटआउटमा बिजयी
- सिञ्जा गाउँपालिका २ वालविवाह मुक्त र शत प्रतिशत वालवालिका विद्यालयको पहुँचमा वडा घोषणा
- कार्तिक २९ गते माओवादीले वडा, वडामा खबरदारी सभा गर्ने
- सरोकारवालाहरु भन्छन्ः ‘मानसिक स्वास्थ्य’लाई साझा मुद्दा बनाउनुपर्छ’