OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

जिल्ला प्रशासनमा “स्तनपान र आराम कक्ष” सुचारु

कार्यालयमा मुस्कान सहितको सेवा प्रयास

नेत्र शाहीसाउन ४, २०७६जुम्ला,
१४७२ पटक

खलङ्गा ÷साउन २ गते । सरकारी कार्यालयमा धेरैजसो कामहरु गर्दा उभिएर लाईन लाग्दा सेवाग्राहीहरुलाई हैरानी भएको हुन्छ । यसमा पनि कतिपय गर्भवति महिला, सुत्केरी महिला, अपांगता भएकालाई उभिर काम गर्नुपर्ने वाध्यताले समस्या पारिरहेको हुन्छ । तर अव जिल्ला प्रशासन कार्यालय जुम्लामा त्यो समस्या हटने भएको छ । जिल्ला प्रशासन कार्यालयले कार्यालयसँग जोडिएकोे दुई कोठे भवनै निर्माण गरेर जिल्ला प्रशासन कार्यालयमा आउने सुत्केरी महिलाहरुले दुध खुवाउन (स्तनपान कक्ष ) र सेवाग्राही गर्भवति महिलाहरुका लागि भन्दै आराम कक्ष निर्माण गरि संचालनमा ल्याईएकोे छ ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको पहलमा एक महिनामा दुई कोठे भवन नै निर्माण गरि सेवाग्राहीको सहजताको लागि भन्दै सुचारु गरिएको हो । सुचारु गरिरएको स्तपान कक्ष भने चन्दननाथ नगरपालिका वडा नम्वर २ का आमा कृष्णा शाहीले आफ्नो बच्चालाई स्तनपान गराए संगै सन्चालन आएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिनुभयो । विशेष गरी सेवाग्राहीको रूपमा आउने गर्भवती र नवआमाको लागि यो सेवा सन्चालमा ल्याईएको उहाँले थप्नुभयो । उहाँका अनुसार कार्यालयमा कार्यरत महिला कर्मचारीले समेत यो सेवाबाट लाभान्वित हुन सक्नेछन । स्तनपान कक्ष अपांगतामैत्री होस भनेर भुई तलामै यो कक्ष सन्चालन गरीएको हो र स्तनपान कक्षामा एकै पटक ३ जनासम्म आमाले स्तनपान गराउन क्षमता भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सेवाग्राहीको मुस्कान दिनका लागि हरेक प्रयास गरिएको प्रजिअ बञ्जाडेले थप्नुभयो । स्तनपान कक्षमा सोफा, बालबालिकाको झुलंगो सहित वालवालिकामैत्री सामग्रीहरु राखिएका छन् ।
सहायता कक्ष पनि ः
यसैगरी वुधवार सेवाग्राहीहरुको काम सहज गर्न लागि सहायता कक्ष – हेल्प डेक्स) स्थापना समेत गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा सेवा लिन आउने सम्पुर्ण सेवाग्राहीहरूको सुविधाको लागि कार्यालयको मुल प्रवेशद्वारमा छुट्टै सहायता कक्ष पनि सञ्चालनमा ल्याईएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताउनुभयो । सहायता कक्षमा १३ वटा निवेदनमा ढाचाँहरु राखिने र एक जना कर्मचारी सो कक्षमा कार्यालय समयभरी बस्नेछन् । सहायता कक्षमा नाम, थर र जन्म मिति फरक पर्न गएमा आवश्यक पर्ने निवेदनको ढाँचा, शान्ति सुरक्षा पाँउ भनि दिने निवेदनको ढाँचा, पत्र पत्रिका दर्ता र नविकरण गर्नको लागि चाहिने निवेदनको ढाँचा, संघ सस्था र हातहतियार र नविकरण र नामसारी र समावेशी सिफारिस गरी पाँउ भन्ने ढाचाँका निवेदन पाउनेछन् ।
यसैगरी पिछडिएको, दलित, आदिबासी जनजाती, राहत सम्बन्धमा, प्रमाणपत्र हराई प्रतिलिपि पाउनको लागि चाहिने निवेदनको ढाँचा, संघ सस्था तथा हातहतिया नविकरण ,नामसारी, प्रतिलिपि प्राप्त गर्ने निवेदनको ढाँचा, नागरिकतामा भएको विवरण संशोधन गर्ने निवेदन, हातहतियार खरखजानाको हक छाडिदिने इजाजत पत्र , हातहतियार खरखजानाको नामसारी गर्ने निवेदन, मिशिल, धरौटि फिर्ता प्रतिलिपि र नाबालक परिचयपत्र निवेदनका ढाँचा राखिएका छन् ।
कार्यालयमा आउने आवश्यक कामका लागि आउने सेवाग्राहीले सहायता कक्षमा सोधपुछ गर्न सक्नेछन् । यसैगरी ढोकामै सूचना अधिकारी सहित आवश्यक कर्मचारीहरुको नाम र फोन पनि टासिएको छ । जिल्लामा प्रशासनमै स्तनपान गृह शुरु गरिएको यो पहिलो उदाहरण हो । यो उदाहरणीय कामका लागि जिल्ला प्रशासन कार्यालयलाई सेवाग्राहीले धन्यवाद ज्ञापन गरेका छन् । प्रशासनमा सहायता कक्ष भएपछि आफु जस्तै थुप्रै आमा र बच्चाहरुलाई सहज भएको स्तनपान गृहमा सेवा लिने पहिलो आमा कृष्णा शाहीले खुशी व्यक्त गर्नुभयो ।
सूचनामैत्री बन्दै प्रशासन ः
अहिले प्रशासन सूचना मैत्री समेत हुन प्रयास भएको छ । यसमा लागि जिल्ला प्रशासन कार्यालयको वेवसाईट दिनहुँ अपडेट भईरहेको छ भने फेसवुक पेज जिल्ला प्रशासन कार्यालय जुम्लाको प्रजिअले आफै संचालन गरिरहनु भएको छ । यसैगरी जिल्लाका ५८ वटै कार्यालयको सूचना अधिकारी, कार्यालय प्रमुख, फोन तथा ईमेल समेत सार्वजनिक गरेर पत्रकार महासंघको स्थापना दिवसमा सार्वजनिक गरिएको छ । यसैगरी पछिल्लो समय विपत उद्धारका लागि भन्दै सवै जिल्ला स्थित चारवटैे सुरक्षा निकाय र स्थानीय तहका प्रमुख तथा उद्धार व्यक्तिहरुको नाम समेत सार्वजनिक गरिएको छ ।
अन्य प्रजिअ भन्दा बढि नै प्रशासनिक क्षमता भएको प्रमुख जिल्ला अधिकारी जिल्लाले पाएको चन्दननाथ नगरपालिकाको मेयर कान्तिका सेजुवालले बताउनुभयो । साना सनान सवाललाई महत्वका साथ बुझ्ने र कार्यान्वयन तिर लिने प्रजिअको काम राम्रो भएको नेकपा कर्णाली प्रदेश सदस्य पूर्ण प्रसाद धितालले बताउनुभयो ।
क्याप्सनः जिल्ला प्रशासन कार्यालयमा बनाईएको स्तनपान कक्षमा स्तनपान गराउदै स्थानीय महिला तस्विर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्