सुर्खेत, २३ असार ः सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समुहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो ।
प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आईतबार गस्तीमा गएको ३ जना प्रहरीको टोलीले चिङ्गाड गाउँपालिका ७ वडाकाँडास्थित बाटोको एकमिटर छेउमा ढुंगामुनि प्लाष्टिकको पोकामा लुकाएको अवस्थामा फेला पारेको थियो । जसमा बम बनाउन प्रयोग हुने सकेट ७८ थान, गन्धक २ केजी, सेफ्टी फ्यूज ८ थान, डेटकड १ मिटर र केप ६० थान फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
फेला परेका सबै विष्फोटक पदार्थहरु जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भईरहेको उहाँले बताउनुभयो । त्यसैगरी, प्रहरीले आईतबार नै १४५ लिटर अवैध मह बरामद गरेको छ । बीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत निवासी ४२ वर्षीय लक्ष्मी विक र १८ वर्षीय सुरेन्द्र सुनारले खाद्य पदार्थमा फिट्कीरी जस्तो अखाद्यवस्तु मिसाई लुकाई छिपाई राखेको अवस्थामा मह बरामद गरेको हो ।
बरामद गरिएको १४५ लिटर अवैध महसहित विक र सुनार दुवैलाई आवश्यक कारवाहीका लागि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय सुर्खेतमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।
कोरपाटी संवाददाताआषाढ २३, २०७६सुर्खेत
५९३ पटक
- विश्वास र मान्यतालाई आजको ज्ञान–विज्ञानसँग जोड्न आग्रह
- जुम्लामा पनि पृथ्वी जयन्ति मनाईयो
- जुम्ला बहुमुखी क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्री नियुक्त
- कर्णाली समृद्धिको आधार पर्यटनः मन्त्री अधिकारी
- प्यालेष्टाईन माथीको आक्रमण रोक्न जुम्लामा हस्ताक्षर
- चुकेनीको विधुतले उज्यालियो जुम्ला : पुष महिनामा आम्दानी २७ लाख
- तिलामा सड्क अतिक्रमण हटाउन नागरिकको पहल
- प्रेस सेन्टर सुर्खेतको अध्यक्षमा विश्वकर्मा चयन
- आगलागी हुन नदिन जनचेतनामुलक नमुना प्रदर्शन
- दलित सशक्तिकरण विधेयक अगाडि बढाउने सहमति