OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआषाढ २०, २०७६जुम्ला,
१२४१ पटक

खलङ्गा असार २० गते । सरकारले ‘राष्ट्रिय परिचयपत्र’ विवरण संकलन जुम्लामा शुरु गरेको छ ।
नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको उक्त अभियान जिल्ला प्रशासन कार्यालय जुम्लाले एक कार्यक्रमका वीच जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालको फोटो खिची, फारम भरेर राष्ट्रिय परिचयपत्रका लागि शुक्रवार विवरण संकलन शुरुवात गरेको हो ।
उमेर पुगेका नेपाली नागरिकहरुको एकिकृत र विश्वासिलो तथ्यांकका लागि सरकारले देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्यका साथ पहिलो चरणमा १५ जिल्लाहरुमा वितरण गरिने योजना अनुसार जुम्लाबाट पनि राष्ट्रिय परिचयपत्र विवरण संकलन फारम शुरु गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘राष्ट्रिय परिचयपत्र’ एकिकृत तथ्यांक सहितको विश्वासिलो परिचयपत्र हुनेछ । यसैगरी नागरिकहरुलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रदान गर्ने उद्देश्य रहेको छ ।
यसका लागि जिल्ला प्रशासन कार्यालयमा गई फोटो खिच्न र परिचयपत्र बनाउन प्रशासनले अपिल समेत गरेको छ । यसैगरी परिचयपत्र छाप्ने जिम्मेवारी भने फ्रान्सको एक कम्पनीले जिम्मा लिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । फ्रान्सको ‘आईडिमिया आईडन्टिी सेकुरीटि कम्पनी’ ले लिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
‘राष्ट्रिय परिचयपत्र’ यसरी लिन सकिन्छ ?
नेपाली नागरिकहरुका लागि राष्ट्रिय परिचयपत्रको दरखास्त फारम तयार गरिएको छ । नेपाल सरकार गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र पञ्जिकरण विभागले फारम जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको छ । परिचयपत्र लिन चाहने व्यक्तिले त्यहाँ उल्लेखित विवरणहरु भर्नुपर्ने हुन्छ । फारममा व्यक्तिको सवै प्रकारका विवरणहरु हुन्छ । स्थायी ठेगाना, नागरिकता नम्बर र नागरिकता जारी मिति, शैक्षिक योग्यता, सम्पर्क नम्बर, वैवाहिक स्थिति, पेशा, वावु आमाको नागरिकता नंम्बर र जारी मिति सहितको विवरण, हजुरवुवाको विवरण, पति पत्निको विवरण सहितका तथ्यांक संकलन गर्नुपर्ने फारममा उल्लेख छ । यसैगरी फोटो भने जिल्ला प्रशासन कार्यालयलेनै खिच्ने भएको हो ।
यसैगरी साउन महिना देखी विवरण संकलन गर्नका लागि जिल्लाभरी घुम्ति शिविर समेत गरिने सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सवै नागरिक जिल्ला प्रशासन कार्यालय आउन नसक्ने भएकाले घुम्ति शिविर आवश्यक रहेको र सोही अनुसार योजना बनाईएको उहाँको भनाईछ । यस अघि जिल्लामा सरोकारवाला निकायहरुविच राष्ट्रिय परिचयपत्रको वितरण तथा संकलनको विषयमा अभिमुखीकरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्