OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आषाढ १६, २०७६सिञ्जा जुम्ला,
५३८ पटक

असार १६ गते । सिञ्जा उपत्यकामा रहेका ३ वटा गाउँपालिकाको पाईक पर्ने स्थान ईलाका प्रशासन कार्यालय नराकोट सिञ्जाबाट तीन बर्षमा पाँच हजार बढि नागरिकले नेपाली नागरिकता लिएका छन् ।
सिञ्जा गाउँपालिकाको सदरमुकाम नराकोेटमा अवस्थित ईलाका प्रशासनले नागरिकता वितरण कार्य शुरु गरेपछि स्थानीय स्तरबाटे सेवा सहज हुनुका साथै तीन बर्षमा पाँच हजार एक सय ४३ जनाले नागरिकता लिएको ईलाका प्रशासन कार्यालय नराकोटका कायम मुकायम प्रमुख मधुशंकर उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार ईलाका प्रशासन कार्यालयको तथ्यांकमा नयाँ नागरिकता लिनेहरुमा तीन हजार ५६ जना, प्रतिलिपी लिनेमा सात सय ९२, अभिलेख प्रतिलिपी चार सय ९५, घुम्ति सेवा तीन सय ७३ र नावालका परिचय पत्र चार सय २७ जनाले लिएका जानकारी दिनुभयो ।
घरमै नागरिकता लिन पाउदा भने स्थानीयहरुलाई निकै सजिलो भएको छ । हामीले बजारमा गएर नागरिकता लिन खर्च र असजिलो हुने गर्दथ्यो तर अहिले प्रशासन नजिकै हुदा सजिलो भएको स्थानीय सिञ्जा २ का डिल्ली प्रसाद तिवारीले बताउनुभयो । एक नागरिकता बनाउन कम्तिमा ३ दिन जुम्ला धाउनुपर्ने वाध्यता हटेपछि सिंजावासीलाई सजिलो भएको उहाँको भनाई रहेकोछ । एक घण्टामै नागरिकता लिएर घर फिर्ता भएकोमा खुशी लागेको नागरिकता बनाउन ईलाका प्रशासन कार्यालय आउनुभएकी सिञ्जा गाउँपालिका २ की बसन्ति शाहीले बताउनुभयोे । बसन्ति जस्तै धेरै सिञ्जाका नागरिकहरुले अहिले ईलाकामै नागरिकता पाउने गरेपछि सजिलो भएको हो ।
जनशक्ति अभाव ः
बि.सं २०७३ साल असार १७ गते स्थापना गरिएको ईलाका प्रशासन कार्यालयमा भने अधिकृतको दरवन्दी छ तर कोही पनि आउन नमानेपछि सुब्बाले करिब बर्ष प्रशासनकै जिम्मेवारी लिन वाध्य भएको स्थानीयहरुको आक्रोस छ । शुरुमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सुमन धिताल आएर सुचारु भएको थियो । उहाँ सरुवा भएपछि केही समय जिल्ला प्रशासनले आफै जिम्मेवारी लिएको थियो, त्यसपछि नराकोटमा कागजात ल्याएर चलाईरहेका छौ, का.मु. प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
ईलाका प्रशासन कार्यालयले भने सेवा दिन थालेपछि सेवग्राहीलाई सजिलो भएका छ तर ईलाकाको केही पनि साधन छैन् । जनशक्ति अभाव रहेको कार्यालयले जनाएको छ । घुम्ति शिविरमा जादा वा कहिल्यै अनुगमन गर्न जादा समेत आफ्नै साधन नभएकाले समस्या हुने गरेको प्रमुख उपाध्यायले बताउनुभयो । ऐतिहासिक सिञ्जा उपत्यकामा रहेका साविक ११ गा.वि.सले ईलाका प्रशासनको माग गरेपछि व्यवस्था भएको तर जनशक्तिनै त्यहाँ जान नमान्ने भएकाले समस्या भएको छ ।

प्रतिकृया दिनुहोस्