OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १, २०७७रुकुमपश्चिम
२६२ पटक

 १ पुस २०७७, बुधबार

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले लागु औषध अफिम दुई केजी ७०० ग्रामसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सानीभेरी नगरपालिका ३ गरेला रुकुमपश्चिमका ५३ वर्षीय पुरुष गोरख कुसारी रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण शर्मा नेतृत्वको टोली, लागु औषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिम प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले कुसारीलाई मंगलबार दिउसो पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

“विशेष सुराकीको आधारमा त्यहाँ पुगेको टोलीले उनलाई खानतलासी गरेको थियो,” सहप्रवक्ता श्रेष्ठले भन्नुभयो, “खानतलासी गर्दा दुई केजी ७०० ग्राम लागु औषध भेटिएपछि कुसारीलाई नियन्त्रणमा लिईएको हो ।” नियन्त्रण लिईएका कुसारीको अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्