OnlinePana

आज : २०८० आश्विन १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही मंसिर २२, २०७७ सुर्खेत
६६२ पटक

२२ मंसिर २०७७, सोमबार

कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमित हुनेको संख्या सात हजार नाघेको छ । आज ३६ नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या सात हजार ७१ पुगेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र रुकुमपश्चिम चौरजहारी पिसिआर प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा सुर्खेतमा १४, जुम्ला र मुगुमा चार÷चार, दैलेख र कालीकोटमा दुई÷दुई, जाजरकोटमा एक र अन्य प्रदेशका नौ गरी ३६ जनामा संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा संक्रमितहरु हुनेहरुमा सबैभन्दा बढी सुर्खेतका तीन हजार २५, क्रमशः दैलेखमा एक हजार ६३३, सल्यानमा ६२६, जुम्लामा ३९२, कालीकोटमा ३१७, रुकुमपश्चिममा २३१, जाजरकोटमा १४०, हुम्लामा ५६, मुगुमा ४१, र डोल्पामा १५ जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताउनुभयो । उहाँका अनुसार अन्य प्रदेशका ५४० र भारतका पाँच जना संक्रमित रहेका छन् ।

त्यस्तै, आज ३० जना डिस्चार्ज भएसँग कर्णालीमा हालसम्म कोरोना भाइरस संक्रमण जितेर घर फर्कनेको संख्या छ हजार ४९८ पुगेको छ । अब निको हुन आठ प्रतिशत संक्रमित बाँकी रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्