OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १४, २०७७कालीकोट
३८६ पटक

 

१४ मंसिर २०७७, आईतबार

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका ४ राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु.७६ लाख बराबरको क्षति भएको छ ।

शनिबार राँचुली गाउँको दलित बस्तीमा आगलागनी भएको थियो । आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा रु.७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । “आगलागीबाट मानवीय क्षति भएको छैन,” प्रहरी नायब उपरीक्षक शाहले भन्नुभयो, “दुई गाईको मृत्यु र एउटा घाईते भएको छ ।”

दलित बस्तीमा आगलागी भएको खबर पाउने बित्तिकै शनिबार नै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी हेलिकोप्टरबाट खाद्य तथा लत्ताकपडा लिएर घटनास्थलमा पुग्नुभएको थियो । आगलागीबाट घर बासविहिन भएका १३ परिवारलाई कम्बल, सिरक, तन्ना, म्याट्रेसलगायतका लत्ताकपडा, भाँडाकुडा र केही खाद्यान्न उपलब्ध गराईएको कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय बिउरी विकको धुवाँरहित फलामको चुल्होको पाईपबाट निस्केको आगोको झिल्को त्यसैसँग जोडिएको घरको काठ तथा खरको छानामा परेपछि आगलागी भएको प्रहरीले जनाएको छ । विस्थापित १३ घरपरिवारलाई अहिले तत्काल छिमेकीहरुको घरमा व्यवस्थापन गरिएको र केही समयपछि स्थानीय तथा प्रदेश सरकारको सहयोगमा पुनस्र्थापन गरिने तिलागुफा नगरपालिकाका नगरप्रमुख रत्नबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्