OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १३, २०७७
६८८ पटक

१३ मंसिर २०७७, शनिबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवालाई शुक्रबार पक्राउ गरेको छ ।

जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले सान्नीत्रिवेणी गाउँपालिका ४ कालीकोटका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरेको हो । कालीकोट घर भई हाल बीरेन्द्रनगर नगरपालिका ३ तातोपानी सुर्खेतमा बस्दै आएका धामीलाई रु.१२ हजार नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

“समुदायमा म प्रहरी हुँ भन्दै ठगी गरेको विशेष सूचना पाएपछि त्यही सूचनाका आधारमा हामीले उनलाई शुक्रबार पक्राउ गरेका हौं,” उहाँले भन्नुभयो, “नियन्त्रणमा लिईसकेपछि धामीलाई सोधपुछ गर्दा भने उनले म वन रक्षक हुँ भनि बताएको बयान दिएका छन् ।” उनको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्