OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही पौष २०, २०७५जुम्ला,
९४० पटक

खलङ्गा, पौष । अज्ञात कारणले जुम्ली किसानको मौरी नष्ट हुदै गएको बिषयमा विशेषज्ञहरुले आहार नपुगेको प्रमाणित गरेका छन् ।
जुम्लामा उत्पादन हुने गरेको ‘एपि सेराना’ जातको मौरी धमाधम मर्न थालेपछि किसानहरुले मौरी के कारणले मरेको हो भन्दै अनुसन्धान गर्न माग गर्दै आएका थिए ।
किसानहरुले स्थानीय सरोकारवाला निकायहरुलाई यसको तथ्य पत्ता लगाउन अपिल गरेपछि जुम्लामा मौरी नष्ट हुनुको कारण तथा समस्या पत्ता लगाउन अहिले नेपाल सरकारको मौरी विशेषज्ञ एक टिम जुम्लामा पुगेको हो । कृषि विभागका सहदेव प्रसाद हुमागाई, मौरी विकास केन्द्र गोदावारीका प्रमुख तिर्थकुमार श्रेष्ठको टोलीले जुम्लामा मौरी किसानहरुको वारी तथा अवस्थाका वारेमा अवलोकन गरेको छ ।
किसानको मौरी घारमा अवलोकन पछि गरिएको अन्तरक्रियमा एक्कासी मौरीहरु घटदै गएपछि चिन्तित भएका किसानलाई भने कृषि विभाग व्यवसाियक किड विकास केन्दका निमित्त प्रमुख हुमागाईले तत्काल चरन क्षेत्र कम र आहारा नपुग्ने भएकाले मौरीहरु घटदै गएको बताउनुभयो । उहाँले प्राकृतिक कारणले आहारा कम हुने अनुमान गरिएको बताउनुभयोे ।
मौरी विकास केन्द्र गोदावारीका प्रमुख तिर्थकुमार श्रेष्ठले चरन क्षेत्र निकै कम भएकाले नष्ट भएको हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, मौरीमा गोला व्यवस्थापन, सरसफाई, र चरन क्षेत्र व्यवस्थापनामा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले तत्कालका लागि कृतिम खाना व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
किसान रामकृष्ण बुढ्थापाले २ वटा मौरीको घारबाट एक सय बढी घार भएकाले यो बर्ष २५ लाख बढि आम्दानी हुने आशा गरेपनि मौरी मरेर गएपछि आशा निरासामा परिणत भएको बताउनुभयो । उहाँले यो रोग हो वा केही समस्या हो पत्ता लगाई सामाधान गर्न विज्ञहरुलाई अनुरोध गर्नुभयो ।
किसान नारायण चौलागाईले १५ वटा मौरीका घारबाट मरेर ५ वटा मात्रै रहेका छन् । किसान धनसिंह बुढाले मौरीबाट जीवन यापन गरिरहेका किसानको मौरीहरु मर्दा मर्कामा परेको बताउनुभयो । छलफलमा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले किसानको रोजीरोटी मर्ने भएपछि काठमाडौंबाट विज्ञटोली झिकाईएको र टोलीले समस्या सामाधान गर्ने अपेक्षा गरेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख डा. तपन कुमारशाहले टोलीले अनुसन्धान गरिरहेको र सिजना अनुसार खास समस्या के हो त्यसको पत्ता लगाउने बताउनुभयो । छलफलमा वन तथा जडिवुटिहरु समेत फडानी भएका कारण मौरीको आहारा नपुगेको बताईएको छ । यसका साथै बिषाधीहरुका कारण समेत मौरीहरु मर्न सक्ने विज्ञहरु बताएका छन् ।

प्रतिकृया दिनुहोस्