OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

जुम्लाको गाउँबाट शुरु भयो नेकपाको एकता

पातरासी गाउँपालिकामा ७५ सदस्यीय कमिटि गठन

नेत्र शाही पौष २०, २०७५जुम्ला,
४७७ पटक

खलङ्गा पौष । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया यहाँको पातारासी गाउँपालिकाबाट शुरु भएको छ ।
यहाँको पातारासी गाउँपालिकामा पूर्व एमाले र पूर्व माओेवादीकोे एकता भई नयाँ गाउँपालिका स्तरीय कमिटि गठन भएको हो । यसैगरी पातारासी गाउँपालिकामा पूर्व माओवादीका हरिबहादुर बुढाको संयोजकत्वमा ७५ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरिएको नेकपा प्रदेस सदस्य पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
उहाँका अनुसार भेलाले पूर्व एमामालेका भद्रविर बुढा रहनुभएको हो । यसैगरी पूर्व एमाले ५० र पूर्व माओवादी ५० प्रतिशतको आधारमा गाउँपालिका स्तरीय पार्टी एकता भएको धितालले जानकारी दिनुभयो । यसैगरी तातोपानी गाउँपालिका वडा नं ७ र ८ मा समेत सहमतिको आधारमा वडा समिति गठन भएको धितालले बताउनुभयो ।
नेकपाका प्रदेस कमिटि सदस्यहरु पूर्ण प्रसाद धिताल, गोमा कुँवर, विरबहादुर कुँवर र धिरेन्द्रराज गिरीको उपस्थितिमा पातारासी गाउँपालिकामा भएको एकतामा पूर्व दुवै पार्टीका कार्यकर्ताहरुले आधा आधा संगठनमा सहने कार्यकर्ताका नाम दिएर सहमति अनुसार एकताको आरम्भ गरेका हुन् । पातारासी गाउँपालिकाको एकताको कमिटि सँगै कर्णाली प्रदेसमा सवैभन्दा पहिला एकता हुने गाउँपालिका भएको छ । यसका साथै पातारासी गाउँपालिकामा नेकपाको पार्टी कार्यालय समेत स्थापना भएको छ । गाउँपालिका कमिटिलाई सहमतिमा हुने वडापालिकाका समितिहरु समेत गठन गर्न तथा सदस्यता अपडेट गर्न जिम्मेवारी दिईएको छ ।
गत मंसिर २२ गते सुर्खेतमा सम्पन्न भएको प्रदेश कमिटिको वैठकले ३ वटा एजेण्डामा जिम्मेवारी दिएर प्रदेस समितिलाई आ आफ्नो जिल्ला जिल्लामा पठाएको नेता धितालले बताउनुभयो । उहाँका अनुसार पहिलो सरकार र पार्टी विच सुमधुर सम्वनध कायम गर्ने, दोस्रो सरकारका गतिविधि जनतामा लैजाने र तेस्रो सहमति हुने गाउँपालिका र वडापालिकामा गाउँपालिका स्तरीय कमिटि गठन गर्ने निर्देशन थियो । सो अनुुसार जुम्लाका प्रदेस सदस्यहरुलाई ४ ईलाकामा बाडेर जनजसभा साथै पार्टी एकताको प्रक्रिया शुरु भएको हो । पहिलो चरणमा पार्टीले जनसभाहरु सम्पन्न गरेको छ । प्रदेस कमिटि अध्यक्ष गोरखबहादुर बोगटिको उपस्थितिमा जुम्ला सदरमुकाम र सिंजामा क्षेत्रगत जनसभा र गाउँपालिका स्तरमा समेत कार्यक्रम सम्पन्न समेत भएका हुन । अव दोस्रो चरणमा पार्टी एकता प्रयास भईरहेको छ । सहमति हुने गाउँपालिकामा गाउँपालिकामा एकता धमाधम हुुने नेताहरुले बताएका छन् । अहिले प्रदेस समिति गठन भएपछि जिल्लामा नेकपाको चहल पहल निकै बढेको छ ।

प्रतिकृया दिनुहोस्