OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ९, २०७७सुर्खेत
३६५ पटक

९ मंसिर २०७७, मंगलबार

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले १७२ थान अवैध सालको काठसहित तीन जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्रदेश प्रहरीको ब्यूरो र ईलाका प्रहरी कार्यालय छिन्चुबाट सोमबार खटिई गएको प्रहरीको विशेष टोलीले भेरीगंगा नगरपालिका १० सुर्खेतका ४१ वर्षीय अलबहादुर पुनमगर, सोही नगरपालिका ४ निवासी ४६ वर्षीय उदिराम खत्री र ३८ वर्षीय खिमराज खत्रीलाई नियन्त्रणमा लिएको थियो । विशेष सूचनाका आधारमा प्रहरीले सुर्खेत ठूलाखालबाट छिन्चुतर्फ भे १ ह ३३४१ नम्बरको अटोमा लाँदै गरेका अटोचालक पुनमगरबाट ८.५ क्यूफिटको २३ थान सालको अवैध काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

त्यस्तै, विशेष सूचनाका आधारमा भेरीगंगा नगरपालिका ४ सुर्खेतका उदिराम खत्रीको घरको करेसा बारीमा लुकाईछिपाई राखेको अवस्थामा ११४.४७ क्यूफिटको १३६ थान सालको अवैध काठ र सोही वडाका खिमराज खत्रीको घरमा लुकाईछिपाई राखेको अवस्थामा ७.११ क्यूफिटको १३ पिस सालको अवैध काठ बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । उहाँका अनुसार बरामद गरिएको अवैध काठ र नियन्त्रणमा लिईएका तीनै जना व्यक्तिलाई आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय छिन्चु सुर्खेतमा पठाईएको छ ।

प्रतिकृया दिनुहोस्