OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ९, २०७७ जुम्ला
८३४ पटक

९ मंसिर २०७७, मंगलबार

स्थानीय समुदायस्तरमा विद्यमान बाधाहरुको विश्लेषणगरी मानवीय व्यवहार परिवर्तन गराउन जुम्लामा पाँच दिने सरसफाई तथा स्वच्छता प्रशिक्षण दिईएको छ ।

चन्दननाथ नगरपालिका जुम्लाको समन्वय, एसएनभी नेपालको सहयोग तथा आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाले विकास र स्वास्थ्यका लागि शहरी खानेपानी सरसफाई र स्वच्छता कार्यक्रमअन्तरगत नगरपालिकाभित्र कार्यरत स्वास्थ्य संस्थाका नौजना स्वास्थ्यकर्मी, र बाँकी सामाजिक तथा अन्य क्षेत्रमा काम गर्ने छ जनागरी १५ जनालाई पाँच दिनसम्म प्रशिक्षण दिएको हो ।

पाँच दिने प्रशिक्षणको अवधिमा दिसाजन्य पदार्थको व्यवस्थापन, चर्पीको स्वस्थकर प्रयोग, जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने, महिनावारीको स्वस्थकर व्यवस्थापन तथा घरधुरी तहको ठोस फोहोर व्यवस्थापनबारे सहभागीहरुलाई प्रशिक्षण दिईएको क्याड नेपाल जुम्लाका जिल्ला संयोजक धर्मराज शाहीले जानकारी दिनुभयो ।

“माथि उल्लेखित विषयवस्तुमा स्वस्थकर व्यवहार अवलम्वनका गर्नका लागि समुदायस्तरमा विद्यमान बाधाहरुको विश्लेषण, ती बाधाहरुलाई हटाउनुको उद्देश्यबारे प्रशिक्षणमा विशेष छलफल भयो,” संयोजक शाहीले भन्नुभयो, “ती उद्देश्य परिपूर्तिका लागि सञ्चार सन्देशामार्फत स्वस्थ व्यवहार परिवर्तनमा सहयोग पुर्याउने हेतुले सहजीकरण गरिएको थियो ।” उक्त कार्यक्रममा एसएनभी नेपालका प्रतिनिधि सुवासचन्द्र भारतीले सकरात्मक विकासका लागि व्यवहार परिवर्तन आवश्यक रहेको जनाउनुभयो ।

उक्त प्रशिक्षण कार्यक्रम चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले प्रशिक्षणबाट ग्रहण गरिएका कुरा अभ्यासमा ल्याउन प्रशिक्षाथीलार्ई अनुरोध गर्नुभयो । आफूले सिकेको सीप समुदायमा हस्तान्तरण गर्न सुझाउँदै नगरप्रमुख सेजुवालले समाजमा विद्यमान संस्कृति र व्यवहार परिवर्तन नभएसम्म विशेषगरी महिलाहरु विभिन्न हिंसाको शिकार हुने तर्क गर्नुभयो । त्यसको साथै नोभेम्बर २५देखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा लाग्न अनुरोध गर्नुभएको थियो ।

क्याड नेपालका कार्यकारी निर्देशक धनबहादुर गौतमले स्वस्थ मानव जीवनविना समृद्ध समाज तथा देशको कल्पना नसकिने बताउनुभयो । समाजमा विद्यमान व्यवहार र बानी परिवर्तन गरी मानव विकासमा सहयोग पुर्याउन प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने निर्देशक गौतमको भनाई थियो ।

प्रशिक्षणका सहभागी एवं स्वास्थ्यकर्मी उषा रावलले समाजको गर्भमा लुकेका विकृत कुराले समाजमा मुख्यगरी महिला तथा बालबालिकाको जीवनमा पर्ने असरबारे सन्देश पुर्याउन ठूलो मद्दत पुगेको बताउनुभयो । महिनावारी स्वस्थकर व्यवस्थापन, सरसफाई र स्वच्छ जीवनका लागि गर्नुपर्ने कामबारे अपेक्षा गरिएको भन्दा बढी जानकारी भएको स्वास्थ्यकर्मी रावलले आफूले जानेका कुराको सन्देश समुदायमा नागरिकहरुलाई दिने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्