OnlinePana

आज : २०८३ जेठ १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ३, २०७५काठमाडौं
८८३ पटक

काठमाडौं– आगामी (२०७६ साल) बर्ष साउदी अरवको मक्का मदिनामा हज गर्न जाने नेपाली समुदायका मुसलमानहरुले आगामी पुष २३ गतेभित्र आवेदन दिनुपर्ने भएको छ ।

गृह मन्त्रालयले एक सुचना प्रकाशित गर्दै सो मितिभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यलयमा रितपुर्वक आवेदन दिइसक्न भनेको छ ।

नेपाल हज समिति सचिवालयले सुचना प्रकाशित गरी मंसिर २८ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार हजयात्रामा जान चाहाने हजयात्रीका लागि आवेदन दिन मिति तय गरिएको हो ।

साथै सुचनामा २०१८ मा हज गर्न जान नपाएका हजयात्रीलाई प्राथमिकतामा राखी बाँकी आवेदनहरुमध्ये पहिले आवेदन दिनेलाई दोस्रो प्राथमिकता दिइने उल्लेख छ ।

समितिले आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरु एकप्रति नागरिकताको प्रतिलिपी,सक्कल राहदानीसहित लाग्ने खर्च एक लाख २५ हजार रकम समितिको बैंक खातमा जम्मा गर्नुपर्ने जनाएको छ ।

रातोपाटी

प्रतिकृया दिनुहोस्