OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ५, २०७७सुर्खेत
३८१ पटक

५ मंसिर २०७७, शुक्रबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतका एक युवाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । बीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतका ३३ वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षामा उपचारको क्रममा आज दिउँसो ४ः०० बजे मृत्यु भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो । उच्च ज्वरो आउँदा बिहीबार ती युवालाई साँझ ७ः०५ बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेर उपचार अघि बढाइएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताउनुभयो ।

“युवामा क्रोनिक अल्कोहलिक समस्या हुनुको साथै बिगतमा काँप्ने र बेहोस हुने समस्या रहेछ,” उहाँले भन्नुभयो, “अर्कोतर्फ १०४ डिग्री फरेनाइट ज्वरो आएकोले त्यसलाई घटाउन चिकित्सकहरुले गरेको अनेकन प्रयास सफल नभएपछि उपचारकै क्रममा उनको मृत्यु भयो ।”

युवाको आज बिहान १०ः३० बजे कोरोना परीक्षणका लागि स्वाब लिई आजै दिउँसो ४ः२० बजे रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभयो । शिक्षा अधिकृत कँडेलका अनुसार एक व्यक्ति आज थपिसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकको शव व्यवस्थापन जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा शनिबार नेपाली सेनाले गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्