OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीमंसिर ५, २०७७सुर्खेत 
३७६ पटक

५ मंसिर २०७७, शुक्रबार

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ६५ जनामा संक्रमण देखिएको छ । ५७ जना भने संक्रमणमुक्त भएर घर फिर्ता भएका छन् ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ४६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १७ र दैलेख अस्पतालमा गरिएको पीसीआर परीक्षणमा दुई गरी ६५ जना थपिएसँगै कोरोना संक्रमितको संख्या छ हजार ५७१ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म कर्णालीमा छ हजार १५ जना निको भएर घर फर्केको शिक्षा अधिकृत कँडेलले बताउनुभयो । उहाँका अनुसार जिल्ला आधारमा सुर्खेतमा ३२, जुम्लामा १३, जाजरकोटमा नौ, सल्यानमा पाँच, दैलेख, कालीकोट र मुगुमा दुई÷दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । आज एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने १९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्