OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीकार्तिक २७, २०७७सुर्खेत
७५५ पटक

२७ कार्तिक २०७७ बिहीबार

कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तरगत जिल्ला प्रहरी कार्यालय सुर्खेत र सल्यानले तीन जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठगी मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय सल्यानले ज्यान मार्ने उद्योग कसुरका दुई फरार प्रतिवादीहरुलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सह–प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै फरार प्रतिवादीहरुलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्लाका जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । अभियानलाई तीव्रताका साथ अगाडि बढाएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्