OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही कार्तिक २६, २०७७ सुर्खेत
३३४ पटक

२६ कार्तिक २०७७, बुधबार

कर्णाली प्रदेशमा ९० हजार नागरिकको आरटी पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका व्यक्तिहरु मध्य आज ३६ जना संक्रमित थपिएसँगै छ हजार ३०४ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा पाँच जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म हालसम्म कर्णालीमा पाँच हजार ६०६ जना निको भएर घर फर्केका छन् । आरटी पीसीआर परीक्षण गरिएका मध्य सात प्रतिशतमा कोरोना संक्रमण देखिएको र त्यसमा ८९ प्रतिशत निको भई घर फिर्ता भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिनुभयो ।

“पीसीआर परीक्षण सबैभन्दा बढी कर्णाली प्रदेश अस्पताल सुर्खेत ४६ हजार ३१६ गरेको छ,” उहाँले भन्नुभयो, “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २७ हजार ३१८ र बाँकी दैलेख, रुकुमपश्चिम चौरजहारी अस्पताल, राप्ती, भेरी, नेपालगञ्ज मेडिकल, अछाम र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।”

बरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले अगाडि भन्नुभयो, “भदौ अघि संक्रमण मात्र देखिने बिरामीहरुमा पछिल्लो समयमा लक्षणसहित संक्रमण देखिन थालेको छ । साउनसम्म कोरोना संक्रमणबाट छ जनाको मृत्यु भएकोमा त्यस यता १० व्यक्तिले ज्यान गुमाउनुपरेको छ ।” कुल परीक्षणमध्य ८२ हजार ४३२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाईएको छ ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएका ३६ व्यक्ति मध्य २६ जना सुर्खेत, दैलेख र जुम्ला, चार÷चार, कालीकोट र रुकुमपश्चिम एक÷एक र अन्य प्रदेशका १६ छन् । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४६ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको प्रमुख शाहीको भनाई छ ।

जिल्लागत आधारमा हालसम्म कोरोना संक्रमित व्यक्तिहरुमा सुर्खेतका दुई हजार ७३८, दैलेखका एक हजार ५५६, सल्यानका ५३३, जुम्लाका ३४६, कालिकोटका ३०८, रुकुमपश्चिमका १९१, जाजरकोटका ११३, हुम्लाका ३४, मुगुका ३३, डोल्पाका १५ र अन्य प्रदेशका ४५५ जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्