OnlinePana

आज : २०७९ चैत्र १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २६, २०७७ सुर्खेत
७९८ पटक

२६ कार्तिक २०७७, बुधबार

सुर्खेतको एक होटलमा जुवा खेलिरहेको अवस्थामा जुवाखालबाटै रु.एक लाखसहित आठ जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको प्रहरी टोलीले गएराती १०ः४५ बजेको समयमा बीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत तातोपानी जुम्ला रोडस्थित शक्तिराम रोकायले सञ्चालन गरेको तीनतोली होटलबाट आठ जना जुवाडेलाई जुवाखालबाट पक्राउ गरेको हो । दुई गड्डी तास र प्लाष्टिकको एक थान चटाईसहित उनीहरुबाट रु.एक लाख तीन हजार ५३५ बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा बीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत निवासी ४२ वर्षीय चक्रबहादुर शाही, ४० वर्षीय जीवनबहादुर शाही, ३० वर्षीय तपेन्द्र र नविन शाही, ३३ वर्षीय बजीर शाही, ४३ वर्षीय गणेश तथा भीमबहादुर शाही र ४६ वर्षीय कटक शाही रहेका छन् । उनीहरुलाई मुलुक अपराध संहिता ऐन २०७४ को दफा १२५ बमोजिम जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नमिल्ने जुवासम्बन्धी कसुर अन्तरगत पाँच दिनको म्याद थपगरी मुद्दा चलाएर अनुसन्धान अगाडि बढाईएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्