OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीपौष २, २०७५ हेटौडा ः
१२१९ पटक

पौष नेपाली अपांगता भएका व्यक्तिहरुको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपालको ८ औ संघीय महाधिवेशन आगामी चैत्र २५ र २६ गते हुने भएको छ ।
महासंघको प्रदेस ३ को अस्थायी राजधानी मकवानपुरको सदरमुकाम हेटौडामा सम्पन्न १३ औ पूर्ण वैठकले महाधिवेसन प्रदेस नं १ मा गर्ने निर्णय गरेको महासचिव राजु बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार महासंघको महाधिवेसनको स्थान भने प्रदेस १ को महासंघले छनौट गरेको स्थानमा हुने भएको छ । प्रदेस सरकार, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र प्रदेश अपाङ्ग महासंघको समन्वयमा महाधिवेशन हुने भएको महासंघले जनाएको छ ।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरुद्धारा स्थापित ३३० संस्था आवद्ध महासंघले लामो ईतिहास सम्म आफ्नो हक अधिकार र नितिगत पैरविमा निरन्तर काम गर्दै आएको छ । ३ बर्ष अघि पोखरामा सम्पन्न सातौ महाधिवेशनबाट दोस्रो पटक अध्यक्षमा निर्वाचित सुदर्शन सुवेदीको कार्यकाल सकिन थालेपछि चुनावी महाधिवेशन हुने भएको हो ।
नेपालले पछिल्लो समयमा सयुक्त राष्ट्रसंघले पारित गरेको अपांगता भएका व्यक्तिहरुको अधिकार सम्वन्धीको महासन्धी अनुमोदन समेत गरिसकेको छ । महासंघले राज्यसँगको निरन्तर पैरवि गरेपछि सोही अनुसारको नेपाल सरकारले अपांगता भएका व्यक्तिहरुको अधिकार सम्वन्धीको ऐन २०६४ समेत जारी गरिएको छ ।
संघीय संरचनामा प्रवेश ः
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय संरचनामा गईरहेको छ । महासंघले नितिगत रुपमै ७ वटै प्रदेसमा आफ्नो संरचना स्थापना गर्न सफल भएको छ भने महासंघले सवै तहलाई महासंघको जिम्मेवारी दिने तयारी गरिरहेको छ । यसैगरी महाधिवेसन मिति तय हुदा भने नयाँ नेतृत्वका लागि नेतृत्व स्तरमा चासो बढ्न थालेको छ ।

प्रतिकृया दिनुहोस्