OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक ६, २०७७सुर्खेत
६५१ पटक

 

६ कार्तिक २०७७, बुधबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना अभियुक्तलाई पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतत्वको टोलीले बीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत गोदामलाईनस्थित गगनबहादुर थापाले सञ्चालन गरेको पञ्चकोशी होटेलबाट प्रहरीले रेडपाण्डाको छाला ९ओखेटो पहार० आज चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नौमुले गाउँपालिका २ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका ३ वडा निवासी ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका ९ दैलेख निवासी ४० वर्षीय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

पक्राउ परेका चारै जनाबाट रेडपाण्डाको छाला ९ओखेटो पहार० एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च लम्बाई गरी दुई थान बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । पक्राउ परेका चारै जनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्