खलंगा मंसिर २० गते । जुम्लामा किसान महासंघ गठन गरिएको छ । पुर्णप्रसाद धितालको अध्यक्षतामा जुम्लामा किसान महासंघ गठन गरिएको हो ।
राष्ट्रिय किसान महासंघका अध्यक्ष उद्धव अधिकारीको उपस्थितिमा विभिन्न क्षेत्रमा कार्यरत किसानहरुको जिल्ला छाता संगठन गरिएको तदर्थ समिति अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
जिल्लाका ४० जना कृषकहरुको उपस्थितिमा धितालको अध्यक्षतामा ११ सदस्यीय कृषक महासंघ तदर्थ समिति गठन गरिएको हो । महासंघको उपाध्यक्षमा कृष्ण रावत, सचिव तुलाराम न्यौपाने, सहसचिवमा सान्ते कामी र कोषाध्यक्षमा कालिका हमाल रहेकी छन् ।
किसानहरुको साझा संगठन रुपमा अगाडि बढाई किसानहरुका, समस्या, मुद्धाहरु, अधिकारको बिषयमा महासंघले काम गर्ने धितालले बताउनुभयो ।
महासंघको केन्द्रीय विधान अनुसार स्थानीय तहमा पनि बिस्तार गरिनेछ । कम्तिमा ३ वटा समुह मिलेर वडामहासंघ, ३ वडा मिलेर गाउपालिकाँ महासंघ, ३ वटा गाउँपालिका मिलेर जिल्ला महासंघ र ४ वटा जिल्ला जिल्ला मिलेर प्रदेश महासंघ समिति गठन हुने केन्द्रीय अध्यक्ष उद्धव अधिकारीले जानकारी दिनुभयो ।
नेत्र शाही मंसिर २०, २०७५ जुम्ला,
१५३७ पटक
- जुम्ला सड्क खण्डमा स्कुटर दुर्घटना : एककाे मृत्यु
- डोल्पा जीप दुर्घटनामा एकको मृत्यु, ११ घाईते
- प्रतिपक्षीको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक पुनःस्थगित
- गुठिचौरमा आईएनफको सामाजिक लेखापरीक्षण सम्पन्न
- सरकार र प्रमुख प्रतिपक्षीबीच सहमति नहुँदा प्रदेशसभा बैठक बस्न सकेन
- मुगुमा स्वयंसेवी रक्तदाता समिति गठन
- कर्णालीमा मनाइयो स्नेह र मौलिकताको पर्व ‘साउने संक्रान्ति र देउडा’
- कनकासुन्दरी गाउँपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न : लक्ष्य भन्दा बढि राजश्व उठाउन सफल
- कर्णालीका सडक पूर्वाधारको साताव्यापी निरीक्षणमा मन्त्री लम्साल
- फुटबलका पूर्व राष्ट्रिय कप्तानहरु सुर्खेतमा केन्द्रित




