OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर २०, २०७५ जुम्ला,
११५१ पटक

खलंगा मंसिर २० गते । जुम्लामा किसान महासंघ गठन गरिएको छ । पुर्णप्रसाद धितालको अध्यक्षतामा जुम्लामा किसान महासंघ गठन गरिएको हो ।
राष्ट्रिय किसान महासंघका अध्यक्ष उद्धव अधिकारीको उपस्थितिमा विभिन्न क्षेत्रमा कार्यरत किसानहरुको जिल्ला छाता संगठन गरिएको तदर्थ समिति अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
जिल्लाका ४० जना कृषकहरुको उपस्थितिमा धितालको अध्यक्षतामा ११ सदस्यीय कृषक महासंघ तदर्थ समिति गठन गरिएको हो । महासंघको उपाध्यक्षमा कृष्ण रावत, सचिव तुलाराम न्यौपाने, सहसचिवमा सान्ते कामी र कोषाध्यक्षमा कालिका हमाल रहेकी छन् ।
किसानहरुको साझा संगठन रुपमा अगाडि बढाई किसानहरुका, समस्या, मुद्धाहरु, अधिकारको बिषयमा महासंघले काम गर्ने धितालले बताउनुभयो ।
महासंघको केन्द्रीय विधान अनुसार स्थानीय तहमा पनि बिस्तार गरिनेछ । कम्तिमा ३ वटा समुह मिलेर वडामहासंघ, ३ वडा मिलेर गाउपालिकाँ महासंघ, ३ वटा गाउँपालिका मिलेर जिल्ला महासंघ र ४ वटा जिल्ला जिल्ला मिलेर प्रदेश महासंघ समिति गठन हुने केन्द्रीय अध्यक्ष उद्धव अधिकारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्