OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही कार्तिक २, २०७७सुर्खेत
३९७ पटक

२ कार्तिक २०७७, आईतबार

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या कर्णालीमा पाँच हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०३ व्यक्तिमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच हजार नाघेको हो ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा ७०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दुई, दैलेख अस्पतालमा २३ रु चौरजहारी पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा आठ गरी १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।

कोरोना संक्रमण हुनेहरुमा सुर्खेतका ६३, दैलेखका २३, सल्यान र रुकुमपश्चिमका सात÷सात, जुम्ला, जाजरकोट र कालीकोटका एक÷एक जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताउनुभयो । “आज १०३ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितहरुको कुल संख्या पाँच हजार १३८ पुगेको छ,” उहाँले भन्नुभयो, “पछिल्लो २४ घण्टामा १३४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् ।”

उहाँका अनुसार आज १३४ जनाले कोरोना जितेसँगै अब कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या तीन हजार ८६२ पुगेको छ । कर्णालीका विभिन्न आइसोलेशनमा एक हजार १३२ संक्रमित रहेको उहाँले बताउनुभयो । कर्णालीमा हालसम्म कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्