OnlinePana

आज : २०८३ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन ३०, २०७७
६८७ पटक

 ३० असोज २०७७, शुक्रबार

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा १०१ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा ८२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १०, दैलेख अस्पतामा गरिएको आरटी पीसीआर परीक्षणमा आठ रु चौरजहारी पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा एक गरी १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।

कोरोना संक्रमण हुनेहरुमा सुर्खेतका ५४, दैलेखका १४, सल्यानका १२, कालिकोटका सात, जुम्ला, जाजरकोट र रुकुमपश्चिमका दुई÷दुई, हुम्लाका एक र अन्य प्रदेशका सात जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताउनुभयो ।“ आज १०१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितहरु हुनेको कुल संख्या चार हजार ९२५ करिब पाँच हजार नजिक पुगेको छ,” उहाँले भन्नुभयो, “पछिल्लो २४ घण्टामा ७३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् ।”

उहाँका अनुसार आज ७३ जनाले कोरोना जितेसँगै अब कर्णालीमा संक्रमणमुक्त हुने व्यक्तिको संख्या तीन हजार ६७८ पुगेको छ । कर्णाली प्रदेशका विभिन्न आइसोलेशनमा एक हजार १९९ संक्रमित रहेको उहाँले बताउनुभयो । कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ गुर्भाकोट नगरपालिका २ सुर्खेतका २२ वर्षीय युवाको मृत्युपश्चात् कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएसँगै कर्णालीमा हालसम्म कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको स्वास्थ्य शिक्षा शाखाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्