OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २०, २०७५धनगढी
५१० पटक

कैलाली । नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्यायको माग गर्न धनगढी आइपुग्नु भएको छ ।बलात्कारपछि हत्या भएकी निर्मलाको हत्यारा पक्राउ र न्यायको माग गर्दै सुरु भएको पोस्टर अभियानमा सहभागी हुन उहाँ धनगढी आइपुग्नु भएको हो ।

काठमाडौंबाट सुरु भएको पोस्टर अभियानको सुरु गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको हो । मुख्यमन्त्री कार्यालयको पर्खालमा पोस्टर टाँस्न खोज्दा प्रहरीले रोक लगाएपछि सरकारविरुद्ध नाराबाजी गरेका हुन् । नेतृ यमीले घटना घटेको यतिका समय बित्दा पनि न्याय नपाउँदा सरकार भएको अनुभूति नै गर्न नसकेको बताउनुभयो । उहाले सरकार पीडितलाई न्याय दिनुको साटो विभिन्न प्रपन्च बनाएर घटनालाई मोड्न खोजिरहेको आरोप लगाउनुभयो ।

उनीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय नजिकै रहेका अन्य सरकारी कार्यालयका पर्खालमा पनि ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखेका पोस्टर टाँसेका हुन् । यस्तै सडक किनारमा रहेका बिजुलीका पोल, सवारी साधनमा पोस्टर टाँसिएको हो । निर्मला पन्त हत्या प्रकरणको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको नियन्त्रणमा रहेका प्रदीप रावलको बयान आज बिहान ७ बजेदेखि पुनः सुरु भएको थियो । सीआईबी प्रमुख डीआईजी निरज शाही, डीएसपी कवित कट्वाल र अनुपम शमशेर जबराले रावलको बयान लिएका थिए ।

प्रतिकृया दिनुहोस्