OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही आश्विन ३०, २०७७सुर्खेत
५३६ पटक

२० असोज २०७७, शुक्रबार

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दशै तिहार लगायतका महत्वपूर्ण अवसरमा मनाईने चाडपर्व सुरक्षाका लागि तीन हजार ७८९ प्रहरी परिचालन गर्ने भएको छ ।

नेपालीहरुको महान चाड दशै, तिहार, छठ पर्वको अवसरमा आकस्मिक रुपमा हुन सक्ने अवाञ्छित र अपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रहरी परिचालन गर्ने भएको हो । प्रदेश प्रहरीसहित मातहतका जिल्ला प्रहरी कार्यालयबाट निगरानी तथा सूचना संकलनका लागि सादा पोशाकमा समेत गरी जम्मा तीन हजार ७८९ प्रहरी जनशक्ति खटाईएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

“सुरक्षा कार्ययोजना अन्तरगत सडक सुशासन सार्वजनिक यातायातका साधनहरुको सहज आवागमन र दुर्घटना न्यूनिकरणका लागि सिसीटिभी लिडर स्पिड राडार गनलगायतका प्रविधिहरुको उच्चतम प्रयोग गर्दैछौं,” प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “यो अवधिमा आईपर्ने विपदबाट बचाउन क्यूआराटी, रिजर्भ र उद्धार टोलीसमेतको प्रभावकारी व्यवस्था गरिनेछ ।”

त्यसैगरी, खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको मिसावट, कालोबजारी रोकथाम तथा सहज आपूर्ति व्यवस्था, पकेटमार, चोरी, लुटपाट, गुण्डागर्दी र ठगी नियन्त्रण, सार्वजानिक सवारीमा यात्रा गर्दा यात्रुहरु ठगिन नदिने र सामान झोला छुटी हराउन गएमा खोजतलास गर्ने गराउने बैंक, वित्तिय संस्था तथा आर्थिक कारोबार बदी हने स्थानहरूको सुरक्षा व्यवस्था गरिने उहाँले बताउनुभयो ।

१० कमाण्ड सेन्टर स्थापना

कर्णाली प्रदेश तथा मातहत कार्यालयहरुमा चाडपर्व अवधिभर अवाञ्छित, अपराधिक गतिविधि तथा सवारी दुर्घटना नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयसहित मातहत जिल्लाहरुमा एक÷एक वटा कमाण्ड सेन्टरको स्थापना गरिएको छ । त्यसले यो अवधिमा आईपर्ने सबै गतिविधि रेखेदेखको कमाण्ड गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रदेश प्रहरीले कमाण्ड सेन्टरमार्फत चाडपर्वको अवसरमा हुन सक्ने चोरी तस्करी तथा लागु औषधको ओसारपसार, जुवातास, डाईस,(लङगुर गुर्जा) कौडा खेल्ने पटकालगायत अन्य विष्फोटक पदार्थहरुको आयात र प्रयोग, तिहारको समयमा हुन सक्ने झै–झगडा र आगलागी जस्ता सम्भावित अन्य विवादको पूर्णतया रोकथाम नियन्त्रण कार्य अघि बढाएको छ ।

सुरक्षा कार्ययोजना अनुसार भिआईपी, सरकारी कार्यालयहरु र महत्वपूर्ण प्रतिष्ठान, मठ, मन्दिर, क्वारेन्टिन तथा आइसोलेशन सेन्टर सुरक्षा व्यवस्था तथा नागरिक सहायत कक्षाहरुको स्थापना, अपराध नियन्त्रण तथा सवारी दुर्घटना नियन्त्रणको लागि आरएससीसी अवधारणा अनुरुप नियमित एवं आकस्मिक चेक प्वाइन्ट, मोबाइल, पैदल एवं मोटर साइकल गस्ती गरिने समेत जनाईएको छ ।

मोबाइल गस्ती हुने

प्रहरीले चाडपर्व अवधिभर राजमार्ग क्षेत्रमा सुरक्षा तथा ग्रामीण ईलाकाका एक÷एक ठाउँमा मोबाइल गस्तीसमेत गर्ने भएको छ ।

त्यस्तै, यस प्रदेशमा नियमित चेक प्वाईन्ट २८, आकस्मिक चेक प्वाईन्ट ट्राफिकसहित ३९, यात्रु सहायता कक्षा २४, पिकेट ७४, झै–झगडा, चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन नियन्त्रण ६७, धार्मिक तथा पर्यटकीय स्थल सुरक्षा २०, बजार अनुगमन टोली १७ र बैंक, बित्तिय संस्था तथा आर्थिक कारोबार बढी हुने ३१ स्थान पनि सुरक्षा व्यवस्था गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जनाउनुभयो ।

राजमार्ग स्कटिङ, क्वारेन्टिन र आइसोलेशन सुरक्षामा ड्युटी दिने जनशक्ति भने आवश्यकता अनुसार व्यवस्था गरिने प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ । कोभिड–१९ को संक्रमण बढ्दो गएको सरकारले जारी गरेका सुरक्षा मापदण्डहरुको नियमित पालना गर्न र आफैले सावधानी अपनाउन पनि प्रहरीले नागरिकहरुलाई अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्