कोरपाटी संवाददातामंसिर २०, २०७५सुर्खेत

७९७ पटक

सुर्खेत । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले विभिन्न मिडियामा आवद्ध ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघ सुर्खेतको २३ औं साधारण सभामा समाचार लेखेर समाजमा सकारात्मक रुपान्तरण गर्न सहयोग गरेको भन्दै उनीहरुलार्इ पुरस्कृत गरेको हो ।
खानेपानी तथा सरसफाइ पुरस्कार कर्मसञ्चार डटकमका ईश्वर अधिकारीले १० हजार र नागरिक दैनिकका नगेन्द्र उपाध्यायले ५ हजार पुरस्कार राशीसहित वर्ष पत्रकारिता पुरस्कार पाएका छन् । यस्तै खबर इरा डटकमका विमला खड्का र प्रदेश एफएमका धर्मराज जिसीले १०/१० हजार रुपैयाँ पुरस्कार राशी सहितको शान्ति तथा विकास पुरस्कार पाएका छन् ।