OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पुर्ण प्रसाद चौलागाईआश्विन २५, २०७७जुम्ला,
१०८० पटक

असोज २५ गते । जुम्ला बजारमा खाद्यन्नको गुणस्तरण अवस्थाको वारेमा बजार अनुगमन गरिएको छ ।
दशैं तिहारको मुखमा व्यापारीहरुले म्याद नागेका उपभोग्य वस्तुहरु बिक्री वितरण गर्ने संभावना देखिएको हुदां उक्त अनुगमन गरिएको हो ।
अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाको नेतृत्वमा अनुगमन भएको हो ।
अनुगमनका क्रममा जुम्लाका पाँच खाद्य पसल र एक होटलबाट जफत गरि म्याद गएको वस्तु नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले जानकारी दिनुभयो ।

अनुगमनबाट एक होटलबाट रु ५४ हजार बराबरको लेबिलड नगरेर खान अयोग्य स्याउका चाना नष्ट गरिएको छ । यसै क्रममा एक होटल र अन्य पशलहरु गरि जम्मा रु ८९ हजार १ सय ३७ बराबरको अखाद्य वस्तु नष्ट गरिएको उद्याेग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका निमिक्त प्रमुख पदम प्रसाद उपाध्यायले जानकारी गराउनुभयो ।

बजार अनुगमनमा टोलीमा वाणिज्य आर्पुति तथा उपभोक्ता संरक्षण कार्यालय बांकेका प्रमुख कृष्णप्रसाद पौडेल, लगायत सुरक्षाकर्मी, पत्रकार र सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्