OnlinePana

आज : २०८३ साउन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

जुम्लाः १३ बर्षिय बालिका बलात्कार गर्ने ४८ बर्षिय लक्षिराम पक्राउ

बलात्कारको मुद्दा दर्ता, अभियुक्तलाई पक्राउ गरेर म्याद थप

कोरपाटी संवाददातामंसिर २०, २०७५जुम्ला
७८४ पटक

जुम्ला । जुम्लामा १३ बर्षीया बालीका लाई चाउचाउ बिस्कुटको लोभ देखाई बालिकामाथि बलात्कार भएको छ । चन्दननाथ नगरपालिका ८ धरालबाडामा ४८ बर्षीय लक्षिराम रोकायाले १३ बर्षीया बालिकालाई बलात्कार गरेका हुन् । राति सुतेको अवस्थामा आफ्नै घरमा बलात्कार गर्दै गरेको भेटेपछि आफन्तले उनलार्इ नियन्त्रणमा लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक प्रकाश केसीका अनुसार रोकायाले बालिकालार्इ चाउचाउ, बिस्कुट दिएर ललाइ फकाइ गर्ने गरेका थिए । बलात्कारको घटना गाउँमै मिलाउने अधिकतम प्रयास भएपनि आफन्तले नमान्दा प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको हो । बलात्कार गर्ने लक्षिराम प्रहरी नियन्त्रणमा छन् । प्रहरी निरिक्षक केसीले बालिका बलात्कारको मुद्दा दर्ता भइसकेको र अभियुक्तलाई पक्राउ गरेर म्याद थप गरिएको बताए ।

प्रतिकृया दिनुहोस्